एकादेशको कथा
एकादेशको कथा
- एसके निधन
ल ! कथा सुरु भो’ ।
१.
विवाहको मण्डपमै दोहोरो कुण्डली मिलाउँदै राज पुरोहितले भविष्यवाणी गरे, ‘युवराजले नवयुवराज्ञीसँग खु्ल्ला शारीरिक सम्पर्क राखेमा राजपरिवारमा ठूलो अनिष्ट हुने योगछ ।’
—पुरोहितले मात्र देख्ने गरी युवराजले ‘थम्स अप’ गरे ।
—पुरोहितको मुखबाट थुकको घुट्को ओरालो लाग्यो ।
—पाँचौँ बुहारीबाट उत्तराधिकारी जन्माउने सपना तुहियो ।
—छैठौँ विवाहले मृत्युयोग आइलाग्ने कुल परम्परा थियो ।
—राजा—रानी बेहोस भए ।
xxx
आपतकालिन गोप्य बैठकले धार्मिक अनुष्ठानको माधयमबाट संकटमोचन गर्न असफल भएको आरोपमा सर्वस्वहरण सहित राजपुरोहितलाई राज्य निकाला गर्ने निर्णय ग¥यो । महाराजको अनुपस्थितिमा राजपरिषदको बैठकको अध्यक्षता गरिरहेका युवराजले मौखिक निर्णयलाई सदर गर्दै भने, ‘कारबाही प्रकृया तुरुन्तै अघि बढाउनु ।’
xxx
गोप्य सुत्रबाट राजपरिषदको निर्णय थाहा पाउनासाथ राजपुरोहितको खोपडीमा भूइँचालो आयो । उनको आत्माले मस्तिष्कलाई सराप्यो, ‘थुक्क धनपिचास् ¤ जाबो ३ कट्ठा विर्ताको आशमा ज्योतिषशास्त्रकै अपमान गरिस् हैन .’ असह्य पीडाले उनको मुटु भुक्क फुले भ्याट्ट फुट्यो ।
२.
ट्वाङ् ट्वाङ् ट्वाङ्
ट्वाङ् ट्वाङ् ट्वाङ् ट्वाङ् ट्वाङ्
ट्वाङ् ट्वाङ् ट्वाङ्
ट्वाङ्..........
घण्टाघरले हर्न बजायो ।
बा १ ख ४२० ग्यारेजबाट फुत्त निस्कियो । बेतोडले हुइँकियो ।अन्दाजी १३—१४ मिनेटमा ग्यारज भित्र छि¥यो र चुपचाप सुत्यो ।
xxx
टुँट् टुँट् टुँट् टुईँइँइँइँइँ...
यो रेडियो नेपाल हो, अब सुन्नुहोस् मुख्य समाचार
गएराती १२ बजेर १० मिनेटमा सैनिक अस्पताल अगाडी ना ५ प ३५५७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवराजका नीजि स्वास्थ्य सल्लाहकार एवं सैनिक अस्पतालका वरिष्ठ यौन रोग विशेषज्ञडा. राजीव शाहीको घटनास्थलमै मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार डा.शाही नियमित ड्युटी सकेर घर फर्किँदै गर्दाघटना घटेको हो । यता प्रहरीले ठक्कर दिएर फरार गाडीको खोजी कार्य तीव्र पारेको छ भने घटनाको प्रकृति हेर्दा घटना सुनियोजित हुनसक्ने शंका प्रहरीलेगरेको छ ।
अब विज्ञापनको पालो ....
‘ढाले, ढाले, ढाले,
सबले भन्छन् पाले,
................
परिवार नियोजनको अस्थायी साधन ढाल ।’
(केन्द्रिय कारागारको कैदीले रेडियो बन्द ग¥यो । पिच्च थुक्यो रअर्को कैदितिर हेर्दै भन्यो, ‘सालारेडियो खुलेआम कण्डमको प्रचार गर्छ, मुला मास्टर कक्षाकोठामै सुरक्षित यौन सम्पर्कबारेपढाउँछ, जाबो सरकार चोक चोकमा निःशुल्क कण्डम बाँड्छ, मु... पुलिसयौन
अपराधी भन्दै थुन्छ । अपराधी को ?रेडियो, मास्टर, सरकार कि म ? चिन्नु प¥यो नि ¤’ अर्को कैदिले उसको कुरामा ध्यान दिएन,आफ्नी श्रीमतिको पाठेघरको अप्रेसन गर्ने डाक्टरशाहीको सम्झनामा आँशु झा¥यो । गोर्खाकोबिसेले छोरालाई झपायो, ‘हैन ए भतुवा रेडियो कति कानमा झुण्ड्याईराखेको ? खुरुक्क एफ एमलगा त लोकगीत सुनम् ।’)
३.
कान्छी महारानीको सन्तान प्राप्तीको मोह दिन प्रतिदिनप्रगाढ हुन थाल्यो । उनले खाना पानी सबै त्यागी मौन व्रत बस्न थालिन् ।
xxx
आयातित पुरोहितले राजपरिषदको बैठकमा संकट मोचनको प्रस्ताव अघि सारे—अड्को पड्को तेलको धूप । दान दिनु र लिनु भनेको पूण्य कमाउनु हो ।
xxx
राजपत्र
सुचना ! सुचना !!सुचना !!!
पाँचौँ युवराज्ञीको पवित्र कोखबाट यस राज्यको उत्तराधिकारीजन्माउन जीवित विर्यको आवश्यकता परेकोले प्रजा हुनुको कर्तव्यबोध गर्दै प्रत्यक्षविर्यदान गर्न इच्छुक युवाहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालय मार्फत आवेदन दिन सुचित गरिन्छ । रीत बमोजिम नआएका र आवेदन फर्म दस्तुर नतिरेका आवेदन उपर कारवाही गरिने छैन ।
पुनश्चः छिमेकी राष्ट्रहरुबाट आवेदन दिने युवाहरुको हकमासम्मान पूर्वक सम्पूर्ण परिवारलाई नागरिकता उपलब्ध गराइने छ ।
विर्यदाता छनोट समिति
राजपरिषद्को कार्यालय
सम्पर्क नं. ९८४५१३२३९५
xxx
हजारौँको संख्यामा आवेदन दिएका युवाहरुले छनोटप्रकृयामा चित्त दुखाए ।राष्ट्रियता संकटमा परेको चर्चा चल्न थाल्यो । राजाले देशवासीका नाममासम्बोधन गरे—
‘प्यारा देशबासीहरु !
राजसंस्था प्रतितपाइँहरुको अपार मायालाई हामीले मनन गरेका छौँ । हाम्रो लागि विर्यदान गर्न इच्छुक तपाइँहरु धन्य हुनुहुन्छ । हामी भगवान पशुपति नाथका भक्त, पतिव्रता हाम्रो कुल परम्परा हो । विर्यदानको क्रममा एक अर्काको शारीरिक प्रलोभनमा परी हाम्री बुहारीको पतिव्रता अप्ठ्यारोमा पर्ने डर हामीलाई थियो । हाम्रो पारिवारिक राय मुताबिक छनोट समितिले आवेदकहरुमध्येको सबैभन्दा कुरुप र दृष्टिविहीन व्यक्तिलाई विर्यदाताको रुपमा छनोट ग¥यो । अर्कातर्फ छिमेकी राष्ट्रसँगको सामीप्यतापनि हाम्रोध्येयको विषय थियो । हामीले सधैँ राष्ट्र र राष्ट्रियताको बारेमा सोचेका छौँ । ती विर्यदाताको सम्पूर्ण आफन्तलाई हाम्रै नागरिकता दिएर हाम्रोस्वाधीनताको रक्षा गरेका छौँ ।
श्री पशुपति नाथले रक्षा गरुन् ।’
४.
— नयाँ दिल्लीको शुक्रकिट
वासिङ्गटनको डिम्ब
काठमाण्डौमा जन्म लिन्छ
म नेलीलाई क्या हाईसञ्च—
अर्जुन पराजुली, लक्ष्मण गाम्नागेहरु दरबारमार्गमा गाईजात्रा मनाउँदै थिए । राजपरिवारमा खुशीको बहार चल्यो । हर्ष बढाईँ गरियो । युवराज युवराज्ञीको जयजयकारले गाईजात्रा समेत प्रभावित भयो । बाजागाजा सहितको रथयात्राले शहर परिक्रमा ग-यो ।
xxx
नवयुवराजका नीजि स्वास्थ्य सल्लाहकारले लामो स्वास्थ्य परीक्षण पश्चात सार्वजनिक गरे, नवयुवराजको मृगौलामा खराबी छ भने आँखाको नानी कमजोर ।
— राज्यको उत्तराधिकारी दृष्टिविहीन हुनु भनेको आपत निम्त्याउनु हो भन्दै यौटा पहाडको युवकले दुबै आँखा दान गरे ।
— हिमालबासी एकजना अर्धबैँसेले मृगौला अर्पण गरे ।
उपचारको क्रममा थाहा भयो, नवयुवराजको मुटुमा प्वाल छ र रगतमा खराबी ।
— निवर्तमान राजपुरोहितका ज्येष्ठ सुपुत्रले आफ्ना बाबुको नाममा आफ्नो मुटु नवयुवराजलाई अर्पण गरे,
— तराईबासी प्रजाहरुले आवश्यक रगतमा कमी आउन दिएनन् ।
५.
माघको महिना थियो । सदा झैँ रेडियो र टेलिभिजनमा श्री स्वस्थानी व्रतकथामा आधारित नाटक बजाइएन÷देखाइएन ।
बिहानैदेखि मात्रै शोकधून बजिरह्यो । ठूलै अनिष्ट, डर, त्रास र भयले देशगुञ्जाइस थियो र हल्ला सर्वत्रः
— दरबारमा गोली चल्यो रे ।
— सेनाको गाडीमा लास ओसारिँदै छ रे ।
— युवराजको नीजि सवारी ना २ ख ४२० सैनिक अस्पताल तर्फ लगियो रे ।
— जिटिभिले युवराजले राजा रानीलाई गोली हानी आफूलाई पनि हाने भन्यो रे ।
— आर्यघाटमा स्थानको अभावले पाँचवटा भयान विष्णुमतीतिर लगियो ।
— सैनिक अस्पताल वरिपरि कफ्र्यु लाग्यो ।
हेल्लो, हेल्लो...टु...टु... टीइइइइइइइ...
मोबाइल सेवा पनि बन्द भयो ।
xxx
बिहानको ७:४७ बजे रेडियो र टेलिभिजनमा विशेष बुलेटिन आयोः
आज बिहान ४ बजेर ३१ मिनेट ५७ सेकेण्डको शुभघडिमा महाराजको परिवारका सबै सदस्य उपस्थित भई पूजा अर्चनाको क्रममा भगवानलाई चढाइएका मखमली फूलहरु अचानक विस्फोट हुँदा नवयुवराज बाहेक समपूर्ण सदस्यले घटनास्थलमै मृत्युवरण गरिबक्सेको छ ।
आरतीका लागि आफूले दीप प्रज्ज्वलन गर्दागर्दै ठूलो आवज सहित विस्फोट भएको र कालो धुवाँको मुस्लोको कारण तयसपछि आफूले केही नदेखेको जानकारी प्रत्यक्षदर्शी राजपुरोहितले गराएका छन् ।
xxx
प्यारा देशबासीहरु,
यो अप्रिय घटनाले हामीलाई स्तब्ध बनाएको छ । हामीले बाल्यकालमै परित्याग गरेको राजगद्दी पुनः सम्हाल्नका लागि परिस्थितिले बाधय बनाएको यस घडीमा म स्वर्गबासी मेरा दाजु भाउजु र उहाँको परिवारले देशप्रति गरेको मायालाई मनन गरेको छु । हामीले राज्यको मात्र नभएर उपचारार्थ नवयुवराजको पालनपोषणको जिम्मा पनि आफैँले लिएका छौँ ।
देशबासीहरु,
संकटको यो घडीमा राज्यलाई निकास दिनु हामा्रो दायित्व हो । हामीले निकासको विकल्प खोज्यौँ । दरबारको सुरक्षामा सरकार लाचार भएको महशुश हामीले ग¥यौँ र दरबारकै सुरक्षागर्न नसक्नेबाट राज्यको सुरक्षा नहुने हामीले देख्यौँ । यसर्थ वर्तमान सरकारलाई यसै सम्बोधन मार्फत बर्खास्त गर्दै हाम्रै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गर्ने भएका छौँ ।
प्यारा देशबासीहरु,
मेरो मन्त्रीमण्डलमा बसेर राष्ट्रसेवा गर्न इच्छुक इमानदार र गैह्रराजनैतिक छवि भएकाहरुले आजकै मितिमा आवेदन दिनु होला ।
श्री पशुपतिनाथले म र मेरो परिवारको रक्षा गरुन् ।
xxx
स्वर्गबासी राजाको सौतेली आमापट्टिका जेठा छोराले राज्य सञचालनमा हस्तक्षेप गरेको र राजनैतिक दललाई सत्ताबाहिरराखेकोमा सर्वत्र चर्चा चल्न थाल्यो । दलहरु सडकमा आए । राजाले टेरपुच्छर लाएनन् ।
उता
राजाकी आमाको आत्महत्यासँगै मृत्युपत्र सार्वजनिक भयो ।
मृत्युपत्र
‘यो कुलङ्गार मेरो छोरा होइन । महाराजले आफ्नी सुसारेसँगराखेको अवैध सम्बन्धको उपज हो । महाराजले यो सन्तान मेरै हो भन्न लगाएर म अपुतीलाई धन्य बनाईबक्स्यो । सृष्टिको लीला, परार साल एउटी सुसारेले यो सँगकोरासलिलाको आवेशमा इतिहासको पर्खाल भत्काइदिछे । त्यसैदिन यसले पनि अँध्यारो पुजाकोठामा महाराजले उसकी सुत्केरी आमालाई हत्यो गरेको कहावत सुन्यो । त्यसपछि यो बहुलाएको थियो । प्रतिशोधले जलेको थियो । अब यसले सत्यानाश गर्छ । यसको वितण्डा हेरेर बाँच्नुभन्दा मलाई मृत्यु प्यारो.... ।’
आगोमा घ्यु थपियो । आन्दोलन जारी रह्यो ।
६.
(बाबु कथा लामो भयो, छोटकरीमा भन्छु है )
केन्द्रिकृत र एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै शक्ति विकेन्द्रिकरण गरी राज्यको पूनःसंरचना गर्ने अभियानका साथ गुरिल्ला युद्ध गरिराखेको पार्टीले मौकाको सदुपयोग ग¥यो । शसस्त्र द्धन्द्धले नयाँ उचाई लियो ।
xxx
शान्तिपूर्ण आन्दालनले तुफानी रुप धारण ग¥यो । गीत÷कविता, नाचगान, नारा, जुलुसले सडक—चोक र गल्लीहरु जुरुक्क उठ्न थाल्यो । स्थिति प्रहरीको नियन्त्रण बाहिर गयो । ब्यारेकबाट सेना निस्कियो ।
xxx
वशहत्याको परम्परा बोकेको राजसंस्थालाई हत्या सामान्य थियो । दशौँ हजारको बलिदानीले खारिएर आएकालाई मृत्यु रोज्न सहज थियो । सदियाँैदेखि सत्तावरिपरि नाचिरहेकाहरुको सत्ता गुमाउनु पर्दाको प्रतिशोध उग्र थियो । सेनाको भरोसामा प्रहरी आक्रामक भयो । कालीकण्डकीमा रगत,बाग्मतीमा रगत, मेचीमा रगत, कोशीमा रगत बग्न थाल्यो ।
xxx
लाठी, बुठ र गोली बेपरवाह भयो । राजसंस्था धरमराउन थाल्यो ।
राजाले अझ हिंस्रक रुप धारण गरी आन्दोलन सिध्याउने अठोट सार्वजनिक
। जनताको मुटु कलेजोको मःमः अनि आन्द्राको चाउमिनबनाउने स्थितिसेनाले स्वीकारेन । अर्कातर्फ शसस्त्र युद्धमा हारेकोमनोविज्ञान पनि हावी भयो क्यारे अथवा बुझ्यो पनि क्यारे जनता रहे न देश रहन्छभन्ने कुरा । सेना विस्तारै आफ्नै लयमा ब्यारेक फक्र्यो ।
राजाले हार नस्वीकार्नूको विकल्प थिएन ।
xxx
मेरो प्यारा देशबासीहरु
जनता नासो जनतालाई सुम्पेका छौँ । जय पशुपतिनाथ !
७.
एकातर्फ
राजसंस्था ढल्यो ।
राजविधान ढल्यो ।
जमिन एकीकरणको नाममा चिमोटिएको मनले झण्डै ३०० वर्षपछि राहत महशुश गरे । मकवानपुरगढी, गोरखा, पाल्पा र लोमन्थाङहरुले अस्तित्व रक्षाको आशमा सास फेरे । तामाङ, सतार, गुरुङ, थकाली लगायतका भाषाभाषीले स्वपहिचानको सपना देखे । भूमिसुधारले सुकुम्बासी बनाएका तराईबासीले आफ्नो खेत सम्झे । अर्कोतर्फ, राजनैतिक दलकाहातमा राज्य आयो तर सञ्चालन प्रकृया भएन । शुन्यतामा तालमेल मिलेन । सत्ता र शक्तीमा को रहने अन्यौल छायो । शक्तिकेन्द्रको स्थापनामाअन्यौल छायो ।
— जनयुद्धबाट आउनेले भने यो सबै हाम्रै योगदान हो, सत्ता हाम्रो हुनुपर्छ ।
— अन्य दलले भने, हामी बिना उपलब्धी सम्भव थिएन, हामी नै सर्वेसर्वा ।
मौका कसले गुमाउन चाहन्थ्यो र ?
— मुटु दान गर्नेका आफन्तले भने— हाम्रो मान्छे राष्ट्रपति हुनुपर्छ ।
— आँखा दान गर्नेका आफन्तले भने—हाम्रो अग्राधिकार हुनुपर्छ ।
— रगत दान गर्नेका आफन्तले भने— हामीलाई सम्मान चाहियो।
— मृगौला दान गर्नेका आफन्तले भने, – हाम्रो पहिचान सुनिश्चित हुनुपर्छ ।
— विर्यदाताका आफन्तल भने, –राजा आऊ, राष्ट्र बचाऊ ।
xxx
कुपोषणग्रस्त देश जुरुक्क उठ्यो र भन्यो—
म माटोको थुप्रो र मान्छेको भीड मात्र होइन । मेरो प्राण मेरा परम्परागत भाषा, कला, साहित्य र संस्कृती हुन् । एउटै भाषा, एउटै भेषको भाइरसले मलाई रोगी बनाएको छ । प्रत्येक वर्ष मेरो कुन्रै अङ्ग कुहेर झर्ने गर्छ । एउटै राजा, एउटै देशले मलाई कमजोर बनाएको छ र एउटै धर्मले त संकीर्ण । मेरो राजधानी मुटु हो तर मुटु नै सबैथोक होइन । मेरो मस्तिष्कले सोच्न, कानले सुन्न, आँखाले देख्न, हातले पौरख गर्न, खुट्टाले हिँड्न छाडे भने मुटुकै भरमा म कसरी बाँच्न सक्छु ? म त सबै अवयवको पूर्ण सक्रियतामा जीवन्त बाँच्नु चाहन्छु । म, म भित्र म र म, म र म मिलेर सिङ्गो म को अपेक्षामा छु । के तिमीहरु मेरो निम्ती हिमाल÷पहाड र तराईको भूमिबाट मेरो निम्ति संजीवनी खोज्न सक्छौ ? के तिमीहरु मेरा निम्ति आधुनिक ऋग्वेद लेख्न तयार छौ ?
xxx
घ्यार्र...घ्यार्र....घ्यार्र.. ..
आच्या ! कथा सुनाउनुस् बाबा भनेको छोरो त, भुसुक्कै निदाएछ, कथै नसकिँदै ’
xxx
( प्रकाशोन्मुख सुत्रकथा संग्रह ‘थुक्क हामी !’ बाट । )

घ्यार्र...घ्यार्र....घ्यार्र..