नेपाल प्रथम
नेपाल प्रथम
हेटौँडामा शुक्रवार सम्पन्न भएको खुल्ला कविता प्रतियोगितामा जेनन नेपाल प्रथम भएका छन्। दर्जन बढि कविहरूलाई उछिन्दै नेपालले प्रथम पुरस्कार दुईहजार पाँच सय हात पारेका हुन् ।प्रतियोगितामा उमेश तिमल्सिना दोस्रो, भावना सापकोटा तेस्रो तथा दिपज्योति थापा र भाविका कँडेल सान्त्वना छनौट भए ।
दोस्रो, तेस्रो र सान्त्वना भएका कविहरूलाई क्रमश दुई हजार, एक हजार पाँच सय र एक हजार नगद प्रदान गरिएको थियो ।
२१ औँ मदन आश्रित स्मृति दिवसको अवसर पारेर मदन भण्डारी फाउण्डेसन मकवानपुरले आयोजना गरेको खुल्ला कविता प्रतियोगिताको व्यवस्थापन जनसाहित्यिक मञ्च मकवानपुरले गरेको थियो ।
सामाजिक रुपान्तरण र मदन भण्डारीको योगदान विषयक यस खुल्ला कविता प्रतियोगितामा कविताको निर्णायक निमेष निखिल,तुलसी घिमिरे र घनस्याम घिमिरे गर्नुभएको थियो।