यो ठाउँ बिज्ञापनको लागी खालि छ

मन पर्छ



मन पर्छ


-  प्रसन्न घिमिरे

ताराले आकाश भरिएको मन पर्छ
हृदयले यस्तै यस्तै गरेको मन पर्छ
मन पर्छ मलाई मन पर्छ ।

छाँयालाई हाँगामा निदाउन दिने
मायालाई छातिमा ब्यूँझन दिने
गज्जब गज्जबको रात मन पर्छ ।

 स्वासमा स्वास मिठो मिसाइ रहने
धागो स्वासको धागो बनाई रहने
चुपचाप चुपचापको रात मन पर्छ ।

सपनाको हल्का पद्चाप बोकी चल्ने
छुवाइको नरम नरम आवाज बोल्ने
आदाआदा निदको रात मन पर्छ
- काठमाण्डौँ 
Theme images by i-bob. Powered by Blogger.