माइलालाई रमिता छ

माइलालाई रमिता छ
-सुधीर छेत्री
अहिलेदेखि
झण्डा बोकेको होइन माइलाले।
माइलालाई रमिता छ।
माइलालाई रमिता छ।
माइलाले
नै बोक्नुपर्छ
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।
माइलाले
बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,
भिरिबस्नु छ देशरक्षाको भुत्ते खुकुरी
अनि उमालिबस्नु छ खाली कराइमा रालहरू,
झम्टिरहनु छ पक्रनलाई उम्केको माछा।
भिरिबस्नु छ देशरक्षाको भुत्ते खुकुरी
अनि उमालिबस्नु छ खाली कराइमा रालहरू,
झम्टिरहनु छ पक्रनलाई उम्केको माछा।
उसको
चेतनाको गलछेँडीतिर युगैपिच्छे
कुन बज्रस्याँठले पिसाब गरिराख्छ ।
कुन बज्रस्याँठले पिसाब गरिराख्छ ।
ठेलै
ठेला उठेका छन्
माइलाको कुटस्थ ब्रह्मभरि।
माइलाको कुटस्थ ब्रह्मभरि।
माइला
बिलिँदै गइरहेको छ
पाठकवृन्द!
माइला ग्लेसियर हो
जसको पग्लँदो सहादतले
धेरै खोलाहरू जन्मेका छन्, नदीहरू बनिएका छन्।
माइलाको धमिलो व्यक्तित्वको बारेमा चाहिँ नसोध्नुहोला,
त्यही क्लिष्टताले त यो कविता जन्मेको हो।
जसको पग्लँदो सहादतले
धेरै खोलाहरू जन्मेका छन्, नदीहरू बनिएका छन्।
माइलाको धमिलो व्यक्तित्वको बारेमा चाहिँ नसोध्नुहोला,
त्यही क्लिष्टताले त यो कविता जन्मेको हो।
खबरमा
पढ्नै हुन्छ
माइलाले नारा दिन्छ अघिल्लो जुलुसको पङ्क्तिमा
बादलको खरी उप्किनेगरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।
माइलाले नारा दिन्छ अघिल्लो जुलुसको पङ्क्तिमा
बादलको खरी उप्किनेगरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।
इन्द्रशेखर
पनि उही हो
रने पनि उही हो
जनक पनि उही हो
म्याउची, जयमाया, बाटुली सबै उही हो
उभित्र काँचो कलिलो लचिलो माटो छ
जसलाई प्रत्येकपल्टको दाभिन्चिले नयाँ बजार दिन्छ।
उसको भोकको टाटेपाङ्ग्रे नक्सा बनाउँछ।
रने पनि उही हो
जनक पनि उही हो
म्याउची, जयमाया, बाटुली सबै उही हो
उभित्र काँचो कलिलो लचिलो माटो छ
जसलाई प्रत्येकपल्टको दाभिन्चिले नयाँ बजार दिन्छ।
उसको भोकको टाटेपाङ्ग्रे नक्सा बनाउँछ।
पोहोर
साल माइलाको मलिलो छातीमा टेकेर
ठूलो कथाको कटिङ सरेको थियो।
पाठकवृन्द! उसैले काटिबस्नु जराहरू,हाँगाहरू।
युगैपिच्छे।
ठूलो कथाको कटिङ सरेको थियो।
पाठकवृन्द! उसैले काटिबस्नु जराहरू,हाँगाहरू।
युगैपिच्छे।
अब
माइलाको फोक्सोभित्र
किताबहरू जलेको गन्ध पस्दैछ।
आँखा पोल्दैछ अक्षरहरू ढडेको खिरिलो धुँवामा।
किसानहरूले आत्महत्या गरेको एउटा देशको मानचित्र पस्दैछ।
किताबहरू जलेको गन्ध पस्दैछ।
आँखा पोल्दैछ अक्षरहरू ढडेको खिरिलो धुँवामा।
किसानहरूले आत्महत्या गरेको एउटा देशको मानचित्र पस्दैछ।
छिरिबस्छ
रगतसरिको माडमा
उसको लपलपे भोक।
ढकढकाइरहन्छ प्रत्येक ऋतु
षडयन्त्रका नयाँ संस्करणहरूले
सजिलै चुइँकिने उसको अवचेतनको दैलो।
उसको लपलपे भोक।
ढकढकाइरहन्छ प्रत्येक ऋतु
षडयन्त्रका नयाँ संस्करणहरूले
सजिलै चुइँकिने उसको अवचेतनको दैलो।
पाठकवृन्द ! कविता त आजै सकिने होइन
तर माइलालाई रमिता छ ।
तर माइलालाई रमिता छ ।