यो ठाउँ बिज्ञापनको लागी खालि छ

तिमी मुस्कुराईदिए देश मुस्कुराँउछ


तिमी मुस्कुराईदिए देश मुस्कुराँउछ

-  - अमृत सुबेदी गुराँस

जब तिमी हाँस्छौ
पहाड बोकेर बग्दाबग्दैको नदी
 टक्क अडिन्छ र
 एकफेर बग्न बिर्सेर हाँस्छ

जब हाँस्छौ तिमी
हिड्दाहिड्दैको दुःखको पहाड
एकैछिन बिर्सन्छ दुःख
 र फिस्स हाँसीदिन्छ

जब तिमी हाँस्छौ
ढल्दै गरेको जून
अल्झीन्छ तिम्रै अनुहारमा
 र हाँस्छ तिमीलाई हेरेर
रुँदारुदैको दुधे बालक

जब तिमी हाँस्छौ
भारी बोक्दै गरेका भरीया,
 गिटी कुट्दै गरेका मजदुर
घर बनाउँदै गरेका कर्मी
खेत जोद्दै गरेका किसान
 जागीर खोज्दै हिडेका बेरोजगार
या भनौं, हजार सपनाहरुको
 भारी बोकर चल्दै गरेको बतास
 भोकका ज्यालाहरु, आक्रोसका ज्वारभाटाहरु
 अभाव बोकेर दन्कँदै गरेको आगो
 आँशु बोकेर आएका आँशुकै आँधि
सबैसबै रोकिन्छन् र बन्छ समानताको रेखा
सबैसबै अडिन्छन् एकै छिन र मुस्कुराउँछन्
 केबल तिमीले मुस्कुराउनु मात्र पर्नेछ,
दुःख बिर्सेर मुस्कुराइदिन्छ दुःख
 त्यसैले तिमी कदापी दुःखी नहुनु
 तिमी दुःखी हुनु भनेको देश दुःखी हुनु हो
 जब तिमी मुस्कुराउँछौं, दुनियाँ मुस्कुराउँछ
तिमी मुस्कुराईदिए देश मुस्कुराँउछ
- पोखरा
Theme images by i-bob. Powered by Blogger.