तिमीलाई अगाडि राखेर
तिमीलाई अगाडि राखेर
-छवि अनित्य
झनन्न टाउको दुख्छ भाउन्न छुट्छ
एकतमास रिस उठेर अाउँछ
जब तिमीहरु काम गर्न थाल्छाै ।
काकी ! खै एक स्टिल हाल्नु त !
हो, औधी रिस उठ्छ
बिनासित्तिमा
मान्छेलाई घाँस हाल्न अाउँछाै
बाेका बनाउँछाै
अनि हामी मूर्ख
अाफ्नै चरनकाे दुबाे छाडेर
चपाइबस्छाैँ स्टाइलाे
थुक्क !
याे जिन्दगी भन्दा त
ए काकी ! लाै न
अर्को एक स्टिल थपूँ न !
स्वाट्ट पारेपछि झाेँकमा
थाहा छैन कुन सुरमा अाउँछ मलाई बल
ड्याङ्गै हान्दिन्छु
टाउकामा
निकालीहेर्छु एकबाजी
कस्तो रैछ हामीलाई बाेका बनाउने गिदि
एक स्टिल मात्तै काकी !
सत्ते
उल्का झाेक चलेको छ ।
- हेटौँडा