यो ठाउँ बिज्ञापनको लागी खालि छ

चियाबारीमा इप्सिताहरु



चियाबारीमा इप्सिताहरु

-भिमा राई "तोलाछा"

इप्सिताहरु
सधैं कमान जान्छन्
पत्ती तोड़्
कलम काट्न
छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन्
एकाबिहानै गहुँ र मकैका सातु होप्च्याए
गत्तिलो भारी घाँस ल्यावरी
गोठका धन्धा सिद्धयाउँछन्।
***
कुनै बेला इप्सिताहरु
मन्शी र बैदारलाई
गालाका मसिना खोपिल्टाहरू देखाएर होस्
या तीनपाने रक्सीको स्वाद चखाएर होस्
सजिलो मेलो हत्याउँछन् ।
***
आठ फेल
माध्यमिक फेल
नामै लेख्न्न नसक्ने
मेराप्सिताहरु
आफ्नै देशको नाम जान्दैनन्
आफैले उब्जाएको चियाले
विदेशी बजारमा कति भाउ पाँउछ
त्यो पनि जान्दैनन्
***
इप्सिताहरु फुर्सद पाएमा टीभी हेर्छन्
टीभीमा कट्रिना, करिना र ऐशहरुका
केश, आँखा, मुख, गाला खुबै हेर्छन
पन्द्रको खर्च लिन
तावारे बजार जाँदा
रासिनको चामल, आँटा र मट्टीतेलसँगै
तीरूपियाँको लिस्टिक
पाँच रूपियाँको गाजलको डिब्बा लिएर घर फिर्छन्
***
टलक्क टल्किने नालनक कुर्तीहरू लगाएर
हिजो-आज इप्सिताहरु कहाँ जाँदैछन्?
अचेल इप्सिताहरु
घरमा घुर्की लगाउँछन्
पेवा पालेका पठेक्री
फुल पार्ने पोथीहरु बेचेर
नोकियाका सेकेण्डह्याण्ड मोबाल किन्दैछन्
कुन्नि किन अचेल इप्सिताहरु बैमानी हुँदैछन्
सुकेनासले फोक्सो आधा खाइसकेकी आमा
सुक्खा खोक्दै भन्छिन्-
इस्पिताहरु रातभरि गाँउ डुल्न थालेका छन्
***
जे भए पनि, जसले जे भने पनि
मेरी इप्सिता पसिना बेच्थिन्
ण्टरनेट नजानेकी इप्सिता
ावाजहाज नचढ़ेका, संसार डुल्न र चिन्न नसकेका
मेराप्सिताहरुलाई
संसारको रूप र रङ्ग देखाँऊ भन्दा-भन्दै
सुन्दर, स्वाधीन र स्वाभिमानी इप्सिताहरु
मुक्त आकासमा पुतलीहरुजस्तै रमाउँदै
माथि-माथि उड़ेको हेरूँ भन्दा-भन्दै
दिल्ली र पुणेका कोठीहरुतिर लगिसकेछन्
यतैतिरका होटलहरुमा पनि
रातैपिछे हुन्छन् रे नि प्सिताहरू
***
कुन पहाड़ले छेक्यो मलाई
कुन हातहरुले रोक्यो मलाई
कुन व्यस्तताले अल्झायो मलाई
तिम्रो समिपमा पुग्नै सकिनँ
भन न इप्सिता, भन
मेरा यी ग्लानिले चिहान-चिहान परेको मनमा
प्राण अवश्यै भरिन्छ भनेर
बस, एकपल्ट भनिदेऊ 

-गोरूबथान, डुवर्स, भारत- हाल- कालेबुङ
Theme images by i-bob. Powered by Blogger.