यो ठाउँ बिज्ञापनको लागी खालि छ

आज नेपाल बन्द हो?

नाटक

१९. आज नेपाल बन्द हो?

- तुल्सी थापा
अजय–पराजय पुरानै कुनै एक स्थानमा टाक्राकटुक्रुक्क बसेका देखिन्छन् ।
अजय – त्यो आकृति आइदिए हुन्थ्यो ।
पराजय – किन ?
अजय – नाटकको कुरा गर्न । नाटकमा देश दिन्छु भन्थ्यो ।
पराजय – नाटक त हेर्दै छस् नि, हैन र ?
अजय – खै, नाटक हो कि, नाटकको तयारी हो ।
पराजय – दुवै एउटै हो । देश बुझ्नु मुख्य कुरा हो ।
अजय – साँच्चै मीनाले अघि रम्भालाई किन झम्टेकी हँ ?
पराजय – त्यति पनि बुझ्दैनस् । तेरी कुनै प्रेयसी छे ? (अजय बोल्दैन) तेरी प्रेयसी छे भने तेरो जीवनमा अर्की स्त्री आएकी तेरी प्रेयसीलाई सह्य हुँदैन । कुरा यही हुनुपर्छ ।
अजय – विजय चाँडै आइदिए हुन्थ्यो ।
पराजय – कसका लागि ? तेरा लागि ?
अजय – त्यो महारानी कलाकार मीनाका लागि, त्यस नाटकका लागि । म पनि उसलाई हेर्न उत्सुक छु । तसर्थ मेरा लागि पनि ।
पराजय – साँच्चै त्यो अमरसिंह कलाकार अझ किन आइपुगेन ?
अजय – आज नेपाल बन्द हो ?
पराजय – हैन ।
अजय – कतै एम्बुसमा त परेनन् ?
पराजय – कुनै न कुनै एम्बुसमा त हामी पर्दै आएका छौँ, हैन र ?
अजय – कसरी ?
पराजय – अब त देश सिङ्गो एम्बुसजस्तो लाग्छ ।
अजय – धेरै भावुक नबन ।
पराजय – त्यो वंशी, क्या गजबले बिगुल फुक्दो रहेछ ।
अजय – तैपनि विजय आएन ।
पराजय – एकछिन अघि त्यो आकृति आइदिए हुन्थ्यो भनेको थिइस् ।
ध्वनी – म हाजिर छु (आकृति अकस्मात् उभिन्छ।) तिमीहरू नाट्शालमा गएनौं ?
अजय – गयौँ । तर त्यहाँ विजय भन्ने कलाकार अझै आइपुगेको छैन । हामी गएर मात्र के फायदा ?
आकृति – तिमीहरू खोज्न गएका हैनौ र ?
पराजय – हो , तर भेटिएन ।
आकृति – भेटिन्छ । अवश्य भेटिन्छ ।
अजय – कहाँ ?
आकृति – नाटकमा
पराजय – कस्तो सस्पेन्स ?
आकृति – नबुझेसम्म हरेक कुरा सस्पेन्स नै हुन्छ । नाटक हेर । सस्पेन्स हट्नेछ ।
अजय÷पराजय (दुबै) – हामी नाटककै प्रतीक्षामा छौँ ।
अब जान्छौँ पनि ।

('अमरसिंहको खोजीमा अमरसिंह नाटक' पृष्ठ - ४२ र ४३ बाट)
Theme images by i-bob. Powered by Blogger.