साहित्य, अनन्त बाटो अविराम यात्रा हो
वार्ता
साहित्य, अनन्त बाटो अविराम यात्रा हो - मित्रलाल पङ्ज्ञानी
साहित्य, अनन्त बाटो अविराम यात्रा हो - मित्रलाल पङ्ज्ञानी
मित्रलाल
पङ्ज्ञानी प्रगतिवादी कवि हुन्। लेखकीय प्रवृति र जीवन व्यवहार उस्तै हुने थोरै लेखकहरुमध्ये कवि मित्रलाल एक
हुन्। २०१७ सालमा जन्मेका कवि पङ्ज्ञानी राष्ट्रिय बाणिज्य बैंकका उच्चपदस्थ कर्मचारी भैकन पनि त्यस्को
प्रभाव उनको जीवनशैलीमा देखिँदैन । प्रगतिशील लेखक संघ नेपालका महासचिव पङ्ज्ञानीका
सातवटा पुस्तकाकार कृतिहरू प्रकाशित छन् ।
प्रकाशित कृतिहरू
१) कविता सङ्ग्रह
क) सामन्त परिचय (२०३७)
ख) उम्रन्छन् आँशुका वृक्ष (२०४६)
१) कविता सङ्ग्रह
क) सामन्त परिचय (२०३७)
ख) उम्रन्छन् आँशुका वृक्ष (२०४६)
ग) सृष्टिकर्ता
(२०५४)
घ) पृथ्वी कस्को
(२०६५)
२ खण्ड काव्य
क) गतीमान गण्डकी (२०५०)
क) गतीमान गण्डकी (२०५०)
ख) त्यो नायक
(२०७०)
३) निबन्ध सङ्ग्रह
क) बलेको आगो (२०६८)
क) बलेको आगो (२०६८)
यिनै प्रगतीवादी
साहित्यकार मित्रलाल पङ्ज्ञानीसङ्ग राम अविकासले गरेको कुराकानीको सर :
१. सर्जकको लेखाई
एकाथरि हुन्छ तर जब लेखकलाई भेटिन्छ त्यतिखेर आफूले
तयार पारेको लेखको आकृति परिवर्तन हुन्छ । लेखकको लेखकीय प्रवृति र जीवनशैलीमा किन
एकरुपता आउन नसकेको होला?
-
मान्छे जब ढोङमा
बाँच्न खोज्छ तब त्यस्तो हुन्छ । जीवन पद्दति जस्तो छ लेखन त्यस्तै भयो भने त्यसले
यथार्थ बोल्छ । ढोङ्गी हुनुमा अलिकति समाजको पनि प्रभवाब होला, अलिकति लोभलालच र
भयले पनिन त्यो भूमीका खेलेको होला। अन्त्त्वगत्वा त्यो स्खलित हुन्छ, पाठकको
नजरमा मर्यादित रहिरहन सक्दैन ।
२. लेखकले आफ्नै विषय वस्तु लेख्छन् या समाज पनि
समेट्छन् ?
-
लेखक यही समाजको अंश
हो । लेखकले जे सिक्छ यही समाजबाट सिक्छ, यहीको परम्पराबाट सिक्छ । यतीमात्रै भयो
भने त अरुभन्दा भिन्न हुन सक्दैन । त्यसैले थप कुराहरूको अध्यन गरेर नयाँ कुराको
पनि आविष्कार गर्छ । विषय चिन्तन र ममन्
पनि गर्दछ । त्यसैले लेखक भिदै पनि हो र समाजलाई अग्रगामी दिशामा लैजाने बाहक पनि
हो ।
३. लेखकले आफ्नो विषयवस्तु मात्रै नलेखी,
समाजलाई पनि टिप्ने भएकोले पो लेखनी र ब्यवहार फरक देखिएको पो हो कि?
- लेखकले समाजलाई पनि टिप्ने हुनाले ब्यवहारमा
फरक आएको हो भनेर भन्न त सकिएला, तर यदि
लेखकले समाजलाई सङ्गै लिएर हिड्न सकेन भने, समाजको मन मनमा पस्न सकिएन भने, ह्रदय
ह्रदयमा पस्न सकिएन भने एक्लै दौडनुको कुनै औचित्य छैन । यो त एक्लै दौडिएर फस्ट
भएँ भने जस्तै हो, यदि समाजलाई निराश भएकोबेलामा आशा हालिदिन सकिँदैन, बाटो
बिराएको बेलामा बाटो देखाईदिन सकिँदैन, अलिकति पनिन आनन्द दिन सकिँदैन, अलिकति पनि
तृप्ति दिन सकिँदैन भने लेकक हुनुको औचित्य पनि छैन । त्यसकारणले लेखकले आफ्नो
कुरा त बोल्छ नै, तर आफ्नो कुरा यसरी बोल्छ कि मेरो कुरा त्यो समाजकै कुरा हो । एकातिर
विषिष्टिकरण गर्छ भने अर्कातिर सामान्यिकरण गर्छ । त्यसकारणले लेखक सङ्गै जानु
पर्छ ।
४. लेखकले लेख्छन चै के का लागि ?
-
लेखकले के लेख्छन् भन्ने कुरा उसले दर्शन के बोकेर हिँडेको छ त्यसैमा भर पर्छ ।
कसैले लेख्नका लागि लेख्छन्, रमाउनको लागि लेख्छन्, आफू बहकिनको लागि लेख्छन्, वा
वा पाउनको लागि लेख्छन् । यो एउटा किसिमको लेखकिय ढाँचा हो । लेखनको अर्को ढाँचा
भनेको मुक्तिका लागि लेख्छन् । जस्को आवाज छैन तिनका लागि लेख्छन्, जो श्रम
गर्छन्, पसीना बगाउँछन्, निरन्तर परिश्रम गर्दा पनि जहाँका तहीँ हुन्छन्,
तिनीहरूका लागि लेख्छन्। र आफूलाई पनि त्यहबी वर्गमा समाहित गरेर लेख्छन् ।
त्यसकारणले लेखकले के लेख्छ, किन लेख्छ भनन्ने कुरा उस्ले कुन वर्गको प्रतिनिधित्व
गर्छ भन्ने कुरामा भर पर्छ ।
५. त्यसो भए जतिखेर समाज वर्गविहीन हुन्छ अर्थात
कम्युनिष्टहरूले चाहेको जस्तो एक मात्र वर्ग बन्छ, त्यसपछि साहित्य लेख्नुको
प्रयोजन सकिन्छ त ?
-
साहित्यको प्रयोजन कहिल्यै सकिँदैन । साहित्य त अनन्त बाटो अविराम यात्रा हो ।
वर्गविहीन समाज तयार हुँदा पनि, समाजको समाजको आवश्यकता सम्पूर्ण पूरा भयो भन्ने
हुँदैन । जसरी कुनै पनि बैज्ञानिकले अब आविष्कार गरेर सकियो भन्न सक्दैन, त्यसै
गरी समाजको पनि अनन्त संभावना हुन्छ । त्यसैले समाजमा केही गर्न सँदै बाँकी
रहिरहने छ र लेखकको परिकल्पना सधैँ जीवित रहिरहने छ ।
६. यसको अर्थ वर्गविहीन समाज बन्न सक्दैन ।
त्यसो भए लेखकहरू किन वर्गविहीन समाजको मिथ्या कल्पना गर्छन्, आफ्नो लेखनिमा ?
-
वर्ग विहिन समाज निर्माण हुन सक्दैन भनिँन मैले । वर्गविहीन समाज निर्माण हुन सक्छ
। कोही खाने कोही भोकै, कोही नयाँ लगाउने कोही नाङ्गै, कोही विलासी वन बिताउने
कोही चरम अभावबाट गुज्रिने । यस्तो नभएको समाज निर्माण हुन सक्छ तर त्यो समाजमा
पनि अन्तर मन्थन हुन्छन् । ब्यक्ति हुन्छन्, ब्यक्तिका ब्यक्तिगत विचार हुन्छन्,
ब्यक्तिका रुप भिन्न हुन्छन्, ब्यक्तिका आवाज भिन्न हुन्छन् । सम्पूर्ण भिन्नतालाई
मेटेर त प्रकृति पनि जान सक्दैन । भूगोलको, वैयक्तिक, सोचाइको विविधता त रहिरहन्छ
नि । यसैविचबाट कसरी एकै बनाउन सकिन्छ भन्ने नयाँ नयाँ सोच, विचार आविष्कार
परिकल्पना गर्दै लेखक त अघि बढिरहनु नै पर्छ ।
७. तपाईँले दुई किसिमको लेखकीय ढाँचाको कुरा
गर्नु भयो । रमाउन, बहकिन, वा वा पाउनको लागि लेख्नेहरू अर्थात ‘आर्ट फर आर्ट
सेक’का लेखकहरूको समाजप्रति दाइत्व नहुने नै हो त ?
-
रमाउन, बहकिन, वा वा पाउनको लागि
लेख्नेहरूले आफैलाई आत्ममनोरञ्जन गराउने, त्यसैमा आफू भूलिने बाहेक अरु कुनै औचित्य
नै छैन ।
८. मनोरञ्जन पनि समाज र स्वस्थ्यको लागि आवश्यक
चिजै हो । अहिले संसारमा बिभिन्न किसिमका मनोरञ्जनका आयामहरू निस्केका छन् । ‘आर्ट
फर आर्ट सेक’लाई पनि एउटा आयाम मान्न सकिन्न र ?
-
लेखनका सन्दर्भमा दुईवटा कुरा असाध्यै विचारणी छन् - के लेख्ने र कस्का लागि
लेख्ने । जनताका निम्ति लेख्ने, उत्थानका निम्ति लेख्ने, मुक्तिका निमित्त लेख्ने
। त्यस्ता विषयहरू दिने तर अपच हुनेगरी दिनुको अर्थ छैन । यस्ताकुरालाई रुचिप्रद बनाएर दिनु पर्छ । रुचिप्रद बनाउनु
भनेकै कला समावेश गर्नु हो । कला समावेस गर्नु भनेकै राम्रो, असल विचारलाई
सिंगारेर प्रस्तुत गर्नु हो । त्यसकारणले मनोरञ्जन त त्यहाँ पनि हुन्छ । फरक कुरा
के हो भने एकथरि मान्छे लेख्छन् आफै रमाउँछन्, सकियो । अर्काथरि मान्छे लेख्छन्
दुनियालाई रमाउनको लगि लेख्छन् । मनोरञ्जन त चाहिन्छ नै, कलात त्यहा चाहिन्छ नै तर
आफूमात्रै रमाउने कि दुनियालाई रमाउने भन्ने भन्ने कुरा ठूलो हो । रमाउनुको पनि
भाँति छन् । रक्सी बेजिडसङ्ग खाएर पनि रमाउन सकिन्छ । लागूपदार्थ खाएर पनि रमाउन
सकिन्छ । त्यस्को नतिजा के त भन्ने प्रश्न उठ्छ । जुनकुराको सकारात्मक अर्थ निस्किन्छ
त्यस्ता कुरामा रमाउनुको महान अर्थ हुन्छ । नकरात्मकता तिर लगेर जीवनलाई भासमा
फसाउने खालको मनोरञ्जनको, कलाको, त्यस्तो रमणीयताको अर्थ हुँदैन । राम्रो कलाकार
हरिभक्त कटुवालको रचनामा असाध्यै राम्रो कला पाइन्छ, त्यो हामीले सिक्नु पनि पर्छ । तर, कहीकही सन्देश गलत पनि जान सक्छ
। जस्तो – घसाध्यै धेरै जाँड खाएर बाटोमा लडिरहेको मान्छेलाई परिवरजनले उठाउन
आउँदा भन्छ – ‘नसोध मलाई कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु, बिथोल्न नआऊ ...’ जाँड
खाएर ढलेको पनबि कहीँ ठीक हुन्छ र ? त्यसैले कलाको नाममा त्यतातिर जानु हुँदैन कि भन्ने
लाग्छ ।
९. तपाईले भर्खरै भन्नु भएको जस्तो कलाको
स्वार्थ के होला जस्ले गर्दा तिनको प्रयोग बढ्न थाल्यो ?
-
मान्छेमा अरुभन्दा भिन्न हुने मोह हुन्छ । कसैले ध्यान नदिने भएपछि आफूतिर ध्यान
तान्न पनि मान्छेले यसो गर्छन् । अझ एकथरि मान्छेहरूलाई लहडमा, नशामा नयाँ नयाँ
कुराहरू आउँछन् । नकारात्मकता र सकरात्मकताको छान विछान हुन सक्दै तर रोचकता चै
आउँछ । मान्छेको प्रकृति, आदत, आफू अनुकुल बैयक्तिक कारणले पनि यस्तो हुन्छ ।
१०. तपाईले भन्नु भएको जस्तो कुनै वर्गको हित
हुने गरी लेख्दा हुनै पार्टीको पक्षमा लेखिने भयो । पार्टीको लाइनबाट लेख्दा त
नारा हुन जाँदैन र ?
-
नारा र कवितामा फरक छ । नारा र साहित्यमा फरक छ । नारा र कलामा फरक छ । नाराले
नाङ्गो रुपमा प्रस्तुत गर्दछ । कविताले रोचकता प्रस्तुत गर्दछ भने ढाँचामा भिन्तता
छ । कवितामा बिम्ब, प्रतिक हुन्छन् । हुन त बिम्ब र प्रतीक भनेर कतिपय मान्छेले
बुझिने विषयलाई पनि नबुझिने बनाउने गर्दछन् । यस्तो के गरेको भन्यो भने बिम्ब र
प्रतीक हालेको भन्छन् । कस्तो वाहियात जवाफ दिएको । बिम्ब र प्रतीक त अमूर्त
विषयलाई मुर्तीकरण गर्नको लागि, झन बुझिने बनाउनको लागि प्रयोग गर्ने हो त । अर्को
कुरो थोरै नारा भयो त के बिग्रियो यदि त्यसलाई जनताले बोकेर हिड्छ, जनताको कल्याण
गर्छ भने । यस्को अर्थ मैले नाराकप पक्षमा वकालत गरेको भने हइन । दीसाहीन हुनु
भन्दा थोरै नारा हुनु राम्रो हो । अराजकता तिर मोडिनु भन्दा थोरै नारा हुनु उचित
हुन्छ । तर, साहित्यको नाममा, कविताको नाममा ‘नारा’ नारै हुन्छ, त्यो श्रेष्ठतम
हुन सक्दैन । श्रेष्ठतम हुनलाई त कला नै चाहिन्छ ।
११. नारा र कविताको भाडा शैली त पक्कै फरक होला
। कसरी छुट्याउनु हुन्छ ?
-
नारा र कविताको भाषा शैली अवश्य फरक हुन्छ । नाराको भाषा शैली कडारुप हुन्छ सक्छ,
खरोरुप हुनसक्छ, ठाडिरूप हुनसक्छ । ह्रिदयलाई नछुन पनि सक्छ । कलाले रसयुक्त
बनाउँछ, बोधगम्य बनाउँछ, ह्रिदयलाई छुने बनाउँछ ।
१२. जब कविताको नाम पार्टी विशेषको नारारुपी पद
पदावली आउँछन्, त्यसले चै समाजलाई कस्तो प्रभाव पार्ला ?
-
अरू त्यस्तो केही नकरात्मक प्रभाव त पार्दैन । त्यस्ता नाराहरू ह्रिदयमा नगढ्न
सक्छन्, चीरजीवी नहुन सक्छन् । साहित्य, साहित्य नरहन सक्छ । नाराहरू त राजनीतिको
दस्तावेजगरूमा हुन्छन् । त्यसैले साहित्यलाई नाराबाट भिन्न त बनाइँनै पर्छ, बनाइएन
भने त्यसको मर्यादा रहँदैन ।
१३. अचेलभरि त त्यस्तै रचनाहरू चल्तिमा छन् ।
त्यस्ता रचनाको लागि राजनैतिक पार्टीले नै कार्यक्रम सञ्चालन गरिदिने, पार्टीले नै
विज्ञापन गरिदिने, पार्टीले नै किन्न लगाउने । यो चै के होला ?
-
ती चलिरहन्छन् तर ती चीरजीवी हुँदैनन् । एउटा समयमा फुत्त निस्किन्छन् । वाह वाही
हुन्छन् र निकट भविष्यमै फात्तफुत्त सेलाएर जान्छन् । भूपिले लेख्नु भयो नि । नारा
छैन तर राजनीति नै राजनीति छ । राजनीति, नारा
विनाको त कविता नै हुँदैन । तर, त्यसमा कला कति हाल्न सक्ने र भिन्नरूपले
कति प्रस्तुत गर्न सक्ने भन्ने ठूलो कुरा हो ।
१४. सर्जकले जे र जस्कोबारेमा उठान गरेका
हुन्छन्, ती सम्बन्धित ठाउँमा पुगेका छन् त ?
-
छैन । यहीनेर बर्बाद छ। हामीकहाँ सिस्टम नै निर्माण भएन । बजारमा थुप्रो लागेको छ।
सित्तैमा बाँडिएको छ। एक त, जस्कोलागि लेखिएको हो त्यो ठाउसम्म सामग्री पुगेको छैन
। दोस्रो, जस्ले जनताका पक्षमा लेख्छु भन्छन् तिनले पनि वास्तविक जनता को कुन् र
तिनले यो कुरा बुझ्छन् कि बुझ्दैनन् भनेर खुट्टयाउन सकेका छैनन् । तेस्रो, लेखकहरू
पनि जनताको माझमा ब्यवस्थित भएर जान सकेको पाईँदैन । फरिक भनेर मैले जोगी नै त
भन्न खोजेको त हैन तर कविहरूमा यस्तो शैली होस् जो जनताको घरघरमा, माझमाझमा पस्न,
बस्न, लेख्न सकियोस्। जस्तो- तपाईँले मलाई खोजी खोजी यहाँसम्म आउनु भयो तर जानु
पर्ने त म आफैले खोजी खोजी हो । बास्तवमा भनेजस्तो त म आफैले पनि गर्न सकेको छैन ।
अब डिग्रीको कुरो हुने भयो । आफूले भनेको जस्तोको साठी, असी प्रतिशत नै बेग्लै
गरियो भने त्यो कमसल दर्जा कै होला । पचारसको हाराहारीसम्म पनि गर्न सकियो भने
ठिकै ठिकै रहेछ भन्ने होला । भने अनुसार सयमा सय पूरा गर्ने मान्छे त दुर्लभ पनि
होलान् ।
१५. सम्बन्धित ठाउँसम्म चै किन पुर्याउन सकेनौँ,
उनीहरूसम्म ?
-
अलिकति पेटको वाध्यताले । अलिकति समाजको देखासिकी र अस्वस्थ प्रतिस्पर्धाले । यी
दुबै नै मूख्य कारण हुन् भन्ने लाग्छ।
१६. केही प्रगतीवादी कविहरूले ‘हाम्रो रचना
सम्बन्धित ठाउँसम्म पुग्न नसक्नु राज्यको कमजोरी हो ।‘ भने । के त्यसै हो त ?
-
राज्यको मात्रै कमजोरी हो भनेर उम्किन मिल्दैन । यदि राज्यले त्यस्तोखालको नीति
बनाउँथ्यो भने, लेखनलाई, जनतालाई केन्द्र बनाउँथ्यो भने, उत्साहित गर्थ्यो भने
अर्कै जागरण आउने थियो । मूल सफा भएको भए सफा पानी बग्ने थियो । यहाँ दुईखालका
चोरी छन् । एउटा अभावको चोरी छ। खानै नपाएपछि त्यसले चोरी गर्छ। यो दर्जाको चोरलाई
त चोर पनि अन्न हुन्न जस्तो लाग्छ मलाई । अर्को चोर आदतको चोर छ। खाएको खायै छ,
कहिल्यै अघाउँदैन । अर्काले जे खायो, आफूले पनि त्यही खानु पर्ने । यी दुवैखालको
मनोविकार राज्य तर्फबाट तयार भएको छ। राज्य दोस्रो शैलीको चोरको संस्कृतिमा चलेको
छ । राज्यले यसो गर्यो भन्दैमा हामी प्रगतीवादी सर्जकहरूले आफूलाई चोखो बनाएर
अलग्गै बाहिर निकाल्न मिल्दैन । हाम्रो आफ्नै जिम्मेवारी पनि यो र आफैले पहल पनि
गर्नै पर्छ।
१८. नेपालको घेरै जसो ठाउँका जो दुखी छन्, जो
खेतीकिसानी गर्छन्, उनीहरू अशिक्षित छन् । सर्जकहरू उनीहरूमाथि कविता लेख्छन् । जओ
माथि र जस्को बारेमा लेखियो उनीहरूले पढ्न सक्दैनन्, के लेखियो उनीहरूलाई थाहै
हुँदैन । यो अवस्थामा यस्ता लेखाईको प्रयोजन के हुन्छ ?
-
कमसेकम एउटा वर्गले त्यता सोच्दैछ, लेख्दै छ, उनीहरूप्रति सहानुभूति राख्दैछ भन्ने
एउटा अर्थ हो । सम्पूर्ण अर्थ त दिन सक्दैन । यो देशमा मुक्ति लायउने हो भने,
क्रान्ति गर्ने हो भने किसानका मर्म बोलिनु पर्छ । मकदुरका मर्म बोलिनु पर्छ।
उनीहरूले काम गर्ने ठाउँमा पुग्नु पर्छ । सङ्गै सङ्गै काम गर्नु पर्छ। उनीहरुकै
जीवन शैलीमा उनीहरूकै भाषा शैलीमा उनीहरू सङ्गै बसेर मात्रै वास्तविम मर्म आउँछ र
वास्तविक क्रान्ति हुन्छ ।
१९. बोली र ब्यवहारको सन्दर्भमा रुपचन्द्र
बिष्टलाई मानक मान्न सकिएला । तपाईहरू (प्रगतिवादीहरू)ले कल्पना गरेको समाज र
रुपचन्द्र बिष्टले कल्पना गरेको समाज एकै हो ?
-
रुपचन्द्र बिष्टको सबैभन्दा अनुकरणीय कुरो र सबै भन्दा आदरणीय कुरा भनेको उहाँले
आफूलाई सर्बहाराकारण गर्नु भयो । मूल कुरो नै यही हो भन्ने लाग्छ। नेपालको
राजनीतिमा सबैभन्दा ठूलो गडबड भएको कुरो त्यहीनिर हो – नेताहरूले आफूलाई
सर्बहाराकरण नगरेर ।
२०. तपाईहरू (प्रगतिवादीहरू)ले लेख्दै गरेको
कुरा र रुचन्द्र बिष्टले बोल्नु भएको कुरा एउटै हो? चाहना, लक्ष एकै हुन् ?
-
उहाँको सोचाई गहिरो छ, सरलता अद्वितीय छ । जनता मै समर्पित भएर, जनताकै माझमा रहनु
भएको हो । एउटा प्रसङ्ग चै उल्लेख गर्न मन लाग्यो । खै कहाँ हो, ठाउँ र ब्यक्ति
मलाई याद भएन । एक पटकको कुरा हो, उहँले मकै पोको पारेर राखेर जानु भयो, एकजनालाई
कुरुवा राखेर । फर्केर आउँदा त्यो फूलमकै, फूलमकै खाइसकिएछ । त्यसपछि उहँले भन्नु
भएछ – “ए भाते, तैंले मकैको फूल त बाँकी राखिनछस्, झन सत्तै पाइस् भने के गर्दो
होस् ?” मान्छेको मूल्याङ्कन सानातिना कुराहरूबाट हुन्छन् । हाम्रो (प्रगतिवादीहरूको)
आन्दोलनले उहाँबाट धेरै कुरा सिक्नु पर्नेछ । त्यसैले, धेरै हदसम्म कुरो मिल्छ।
+++