यो ठाउँ बिज्ञापनको लागी खालि छ

सुत्न जानुअघि : ३

 विमर्ष
By: Kishore Pahadi in "Pen Lovers in Nepal"

Kishore Pahadi

सुत्न जानुअघि : ३

~~~~~~~~~~
तुलसी थापा – एउटा नाम, जसलाई हामीले आदर गर्नुपर्छ, सम्मान दिनुपर्छ ... तर प्रचारमुखी यो समाजमा उनी किन हराइरहेका छन् ?
मकवानपुरका केही युवा साहित्यकारहरूले केही हफ्तादेखि Pen Lovers in Nepal (साहित्यिक समाचार विशेष) लाई झक्झक्याइरहेका छन् – तुलसी थापाको निम्ति Pen Lovers in Nepal ले केही लेखिदिनु पर्र्यो |
ती युवा साहित्यकारहरूका अनुरोधलाई पछ्याउँदै, उनीहरूका लेखोट पढेर नै यो 'सुत्न जानुअघि' तयार भएको छ –
* * *
वि.सं. २००२ मा यस पृथ्वीमा पाइलो टेक्नुभएका तुलसी थापा विक्रमीको दोस्रो दशकको प्रारम्भतिरबाटै साहित्यसिर्जनामा सक्रिय रहेका कवि हुन् । थापाका विभिन्न कविताहरू तत्कालीन समयका विभिन्न पत्रपत्रिकाहरूमा छरिएर रहेका देखिन्छन् । उनका कविता पढ्दा उनी बौद्धिक, तार्किक तथा प्रतिकवादी कवि भनेर समालोचकहरूले वर्णन गरेका छन् । त्यसपछिका दशकहरूमा थापाको साहित्यिक उपस्थिति न्युनप्रायः रहेको देखिन्छ । विक्रमीको तेस्रो दशकतिरैबाट झन्डैझन्डै सुषुप्तावस्थामा रहेका थापाले विक्रमीको पाँचौं दशकको मध्यतिरबाट आफ्नो साहित्यिक सक्रियता एकाएक बढाएको देखिन्छ । त्यसो त यस बीचमा थापाले लेख्दै नलेखेका भने होइनन् । उनले यस समयखण्डमा विभिन्न नाटक, कविता तथा लघुकथाहरू लेखेका छन् । वर्तमानमा आएर मकवानपुरे साहित्यको कविता र नाटकका क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाएका छन् |
हालै हेटौंडाको कर्रा खोलानजिकै तुलसी थापाद्वारा लिखित नाटक 'अमरसिंहको खोजीमा अमरसिंह' प्रदर्शित भयो सफलताका साथ | दर्शकहरूले खूब मनपराएको कुरा छ | मकवानपुरका युवा साहित्यकारहरूलाई लाग्न थालेको छ – तुलसी थापा मकवानपुरको साहित्यमा एक बलियो खम्बा हुन् | राष्ट्रले थापाको सशक्ततामा ध्यान दिइरहेको छैन |
चिनौं उहाँलाई ! देशले चिनौं, विदेशले चिनौं |
तुलसी थापाका दुई पुस्तकहरू प्रकाशित छन् - 'एक निमेष अनन्तको' (कविता) र 'अमरसिंहको खोजीमा अमरसिंह' (नाटक) | अब निकट भविष्यमा एउटा कथासंग्रह निस्कने क्रममा छ |
"आफ्नो रचना लेखेपछि दश ठाउँमा झ्याली पिट्दै हिंड्ने र आफ्नो रचनाको बारेमा बढाइचडाइ गरेर प्रशंसा रुचाउने साहित्यकारभन्दा यिनी पृथक भेटिन्छन् |" – भन्छन् मकवानपुरका एक अर्का युवा साहित्यकार |
यी तुलसी थापालाई सम्मान गर्न मन छ भने एक Like जाओस् न् त !
____________"साहित्य र साहित्यकारको सधैं सम्मान गरौँ !"
[ Ram Abikas, Subas Khanal, Nimesh Nikhil का लेखाइबाट प्राप्त सूचनाका आधारमा तयार पारिएको]
See Translation
Unlike · · Unfollow Post · 284 · 13 hours ago
You, Nayan Raj Pandey, Deeps Shah, Netra Atom and 24 others like this.

Nayan Raj Pandey आदरणीय ब्यक्तित्व । सादर नमन ।
13 hours ago · Unlike · 3

Banmali Nirakar तुलसी थापा मेरा सहपाठी , मित्र र प्रिय लेखक हुनुहुन्छ । आफ्नो कर्म निष्ठा पुर्वक गर्न रुचाउने इमन्दार लेखककारुपमा उहालाइ लिन्छु म । किशोरजी , उहाको बारेमा जानकारी गराउनु भएकोमा धन्यवाद ! तुलसी थापाजी लाई सम्मानका साथ नमस्कार!
13 hours ago · Unlike · 3

Ram Abikas धन्यबाद Kishore दाइ। हामी तपाई प्रति आभारी छौँ।
एक 'अनरिकक्नाइज्ड' लिटरेरी हिरो लाई 'रिकक्नाइज्ड' गर्ने हाम्रो प्रयासमा तपाईको यो सहयोग एउटा 'पिलर'को रुपमा रहनेछ।
तुल्सी थापाबारे बुझ्न चाहनु हुन्छ भने यहाँ प्रवेश गर्न सक्नु हुन्छ:
www.facebook.com/tulsithapa.literature
10 hours ago · Edited · Like · 1
Theme images by i-bob. Powered by Blogger.