यो ठाउँ बिज्ञापनको लागी खालि छ

स्वास्नीको जात

स्वास्नीको जात

 -मनोज पन्त


घरि यो भएन भन्ने
घरि उ भएन भन्ने 
बिना कारण,बिना अर्थ 
बारम्बार गन गन गरिरहने 
कस्तो रहेछ यो 
स्वास्नीको जात

घरबाट निस्कन पाएको छैन 
छिट्टै आउनुस है भन्ने 
काम न बेकाम, बेला न कुबेला 
फोन गरेर दिक्क पार्ने 
साथीभाई संग 
एकै छिन भूल्दा 
छिन छिनमा मिस कल गरेर 
हैरान गर्ने 
कस्तो रहेछ यो 
स्वास्नीको जात

टिभीमा समाचार हेर्न खोज्दा 
सिरियलमा झुन्डिने 
जति बेला पनि 
रिमोट लुकाएर 
लुकीचोरी खेल्ने 
भोक लाग्दा 
आफै भात पस्केर खाउ भन्ने 
सधै भरि कचकच गरिरहने 
कस्तो रहेछ यो 
स्वास्नीको जात

कोहि केटिसंग बोल्नु हुन्न 
शंकाको नजरले हेर्ने 
कसैले फोन गर्नु हुन्न 
कसले गरेको भनेर सोध्ने 
स्पष्टिकरण दिंदा दिंदा 
वाक्क बनाउने 
कस्तो रहेछ यो 
स्वास्नीको जात

भएर पनि नहुने 
नभएर पनि नहुने 
केहि भन्यो कि 
रिसाएर माइत गैदिन्छु भन्ने 
घुर्की लगाएर अनशन बस्ने 
जहिले पनि आफूले नै 
फकाउनु पर्ने 
कस्तो रहेछ यो 
स्वास्नीको जात
-कालिका एफ एम,चितवन
Theme images by i-bob. Powered by Blogger.