यो ठाउँ बिज्ञापनको लागी खालि छ

गीत - तिमीले दिएका चोट बोकी


गीत

तिमीले दिएका चोट बोकी - उदय गौतम

तिमीले दिएका चोट बोकी, अझै म यतै डुलिरहेछु
तिम्रै तस्बीर हेरीहेरी, अझै म त्यतै भुलिरहेछु |

पागल जस्तै छु म यहाँ, तिम्रो वियोगमा
बर्षिन्छन् अश्रु नयनमा, तिम्रै सम्झनामा
न सक्छु म समाल्न मनलाई, न भुल्न तिमीलाई
घिच्चाउँदै छु सकिनसकी, बेसाहारा जिन्दगीलाई |

कुन दिन मेरो यो मनमा, बहकाउ आउँछ
जताततै यो जिन्दगीमा, अन्धकार छाउँछ
त्यही दिन तिम्रो सम्झनालाई, पोको पार्नु पर्ला
अंगालेर यो जिन्दगीलाई, बिराम लाउनु पर्ला |
Theme images by i-bob. Powered by Blogger.