शाश्वत प्रश्न
लधुकथा
शाश्वत प्रश्न
- तुल्सी थापा
वास्तवमा त्यसदिन म भोकै थिएँ । मेरो
भोक राष्ट्रिय वा अन्तर्राष्ट्रिय समस्या हुनुपर्छ भन्ने पनि छ र ?
मेरो भोक कसैले थाहा पाइहाल्ने विषय नै भएन
। त्यसदिन उनले मसँग भेट्दा श्रृष्टिको सबैभन्दा पूरानो तर सँधैको नयाँ प्रश्न
एक वाक्यमा सोधेका थिए –‘भान्छा
भो ?’
जीवात्माको शाश्वत समस्यामाथि वहाँले पनि व्यक्तिगत रुपमा जानकारी लिन खोजेकोमा खुसी लाग्यो । म भोकै छु – मेरो यथार्थ हुन सक्थ्यो । तर मभित्रको सभ्यता, शिष्टता, आत्मसम्मान, अहम् आदिको संयुक्त मोर्चाबाट विज्ञप्ति जवाफ फुत्त निस्कियो –‘ज्यू भयो यहाँको नि ?’ उनले सहजै जवाफ दिए –‘ज्यू भयो ’
अनिकाल ! अनिकाल ! भए होला इथियोपियामा , बङ्गलादेशमा । गरिबी होला कतै अन्तै ? यहाँ ? अहँ यहाँ छैन । देखिँदैन ।
हामी दुबै आआफ्नो बाटो लाग्यौँ ।
धेरै दिनपछि थाहा पाएँ , उनले मसँग शाश्वत प्रश्न सोधेको दिन उनी पनि भोकै रहेछन् ।