निरन्तरताको प्रयास
![]() |
| (प्र.सम्पादक:राम अविकास) |
सबैभन्दा कठिन काम त्यो
लाग्छ जब पत्रिकालाई छाप्नु पर्ने हुन्छ । छपाई अर्थात छापाखाना सञ्चालकसङ्गको
सम्बन्ध, कागजपसलेसङ्गको सम्बन्ध, मेसिनअपरेटरसङ्गको सम्बन्ध आदि आदि मध्ये कुनै
एकसङ्गको तालमेलमा तलमाथि प-यो भने पत्रिका नछापिन सक्छ । यी सबैलाई तालमेल मिलाएर
पत्रिका छाप्नु कठिन काम हो ।
रचना सङ्कलन, त्यसको
सम्पादन तथा पत्रिका-आकारमा सेटिङ्ग गर्नु अर्को चुनौतीपूर्ण कार्य हो ।
छापिएको पत्रिकालाई
सम्बन्धित सर्जक तथा पाठकसम्म पु-याउनु पनि अहिले त्यति सहज छैन । हुलाकघरहरू
नामका मात्रै हुलाकघर भैसके। टिकट टँसेको चिठीपत्र बुझ्ने, पढ्ने बानी हाम्रो
छुटिसक्यो ।
प्रविधिको विकासले गर्दा
यस्ता धेरैकामहरू ‘अनलाइन’ले नै गर्न थालिसके। ‘पेपरब्याक’का कुराहरुलाई पनि फोटो
बनाए अनलाइनबाटै प्रवाह गर्न हामी रुचाउन थालिसक्यौँ। यो १५ वर्षको बीचमा समयले
कति ठूलो फड्को मारिसकेछ भने अब हामी पुरानै तौरतरिकालाई अवलम्बन गर्न नसक्ने
भैसकेछौँ ।
यी सबै बाध्यता, अवस्था,
परिस्थितिलाई मध्यनजर गर्दा ‘भूमरी साहित्यिक त्रैमासिक पत्रिका’ले ‘भूमरी
साहित्यिक डिजिटल पत्रिका’को स्वरुप लिन सक्ने देखियो जुन यतिखेर तपाईँ पढ्दै पनि
हुनुहुन्छ ।
यी सबै कुराभन्दा पनि ठूलो कुरा
पुरानो कामलाई निरन्तरता दिनु पर्छ भन्ने लाग्यो, र यस्को प्रयास हामीबाट रहिरहनेछ भन्ने विस्वास छ ।
