यो ठाउँ बिज्ञापनको लागी खालि छ

सप्पैलाइ चुनौ लाग्याच्चरे !

(बर्ष ६ अंक १२ २०७० कार्तिक २५ गते सोमबारको अंकमा प्रकाशित )



पन्चेतले जनताको छोरछोरीलाइ बोल्न देनन रे ! बोल्न नेदेसी लेख्नेनि कुरो भन क्यार ! त्यहि भएर फेरी आन्दोलन अर्नु पर्च्च भनेर केहिले उकस्याय ! हुन पनि हो अभागी नेपालीको पुर्पुरो ! राणाजीले पनि पैला हाम्रा बाजे बराजुलाइ त्यस्तै अर्थ्यारे ! साँवा अक्षर चिन्न नपाइकन मास छर्न गए ! बाजेहरले लडे प्रजातन्त्र ल्याए ! बरा प्रजातन्त्र १० बर्षमै सहिद भो !
प्रजातन्त्र सहिद भएसी पंचायत आयो ! राणा सासन त हैन तर हो कि हो कि जस्तरी गाम्घरा ठालु प्रधानको अन्याय र अत्याचार सुरु भो ! ति ठालु हिजो राणा बाउसाप्कानि फिट भाकाथे ! प्रजातान्त्रानि फिट र अहिले पन्चायता नि फिट भा छन इन्लाई नखेदे सम्म जनताले मुक्ति पाम्दैन भनेर ३३ साल देखि चम्क्या कौरेस र कम्निस्टले बल्ल छयालिस साला जिते !
‘आमा आमा बा आए’ भुराले यसो भन्दा आमाले भन्दि रैच्चिन ‘तेरो लागी हैन मेरो लागि आये’ ! त्यो प्रजातान्त्रे भन्ने जिनिस पनि त्यसतै भो ! आम्नत आयो तर गरिपलाइ आयन ! फेरी आर्को निस्कियो आन्दोलन र क्रान्ति भन्दै ! ५१ साल देखि १२/१३ बर्ष चम्के ६३ मा आएर राज्धानिया गम्के ! जंगलाट आए, पृथ्बीनै पल्टाउला झैँ गरेर भाषण ठोक्दै भने हाउले अग्रगामी परिवर्तन ल्यायेउ ! अब जनतालाई शुख र सान्ति दिन्च्च्म ! जनताले चैँ सुख र सान्ति पाएकी पाएनन तर तिनका लागि लड्ने मध्ये ‘तिन्सुका एका तिर र एक सुका एका तिर’ भाकाच्चन !
जंगलाट आयेसी सान्ति र संबिधान बनाम्ने भन्थे ! सान्ति चैँ मज्जैले देखियाच्च्च संबिधान चैँ भारतीय टेलीसिरियल ‘सास बहु’ जस्तो भाच्च ! भाग १ सकियो भाग २ सुरु हुदैच्च ! त्यहि भाग २ पनि तिन्सुका खेमाले ‘मारोग,विधा नस्ट, कस्स्म चुनौ गर्न दिन्नम’ भनेर किरिया खाका रैच्चन ! टेलिसिरियलकै स्टाइला आन्दोलन सुरु अरेका छन ! कम्तिमा नि १० भागको सिरियल बनाको रैच्चन !
संबिधान सभा भाग २ मा भाषा र सब्द उल्का र अचम्मका प्रयोग अरेका छन ! मकान्पुरको राइगाउ निर बोट गाउँ छ त्याहा गएर बोटेनी भाउज्यु लाइ ‘अग्रगमन’ को परिभाषा सोध्नु भो भने जवाफमा ति बोटेनि भाउज्युले उनिहरकै लवजमा ‘टयो बनेको टिम्रा नेटालाइ त टाचैन मलाइ के सोडछौ’ भनेर जवाफ देलिन, अथवा बेतिनीको तामांग दाइलाई गएर ‘युगान्तकारी’ को परिभाषा सोध्नु भो भने तिनले पनि बोटेनि भाउज्युले झैँ जवाफ देलिन ! युगान्तकारी नेतृत्व, अग्रगामी परिवर्तन यस्ता यस्ता जनताले नबुझ्ने भाषा बोल्च्चन हाम्रा नेतारु !
अन्तको के कुरा अराई भो हाम्रै मकान्पुरा देखियाच्चनी चुनाउको दृश्य माथिको परिदृश्य ! कोहि लालचन बनेका च्चन कोहि रुपचन बनेका च्चन ! कोहि आयो एमाले सररर भन्छन ! कोहि रुखले घाम छेक्छ छेक्छ भन्छन ! कोहि एक भोट दाइलाई एक भोट गाइ लाइ भंच्चन ! गाइ भन्या त कमल थापाको पार्टी रा.प्र.पा नेपाल तर दाइ भनेको चैँ को नि ? अझ अचम्मको दृश्य चैँ के च्च भने ठ्याक्कै श्री ३ महाराजले श्री ३ भाको बेलामा अर्या सिन्दुरे जात्रा जस्तरी चुनौमा जित्नु भन्दा अगाडी नै यी महान पार्टीबाट उठेका उम्मेदारनामको प्राणि घाटी भरि खादा र सयपत्रीको माला अनि गालामा राताम्मे सिन्दुर दलेर सिन्दुर जात्रा गर्दै हिनेका छन भने यो चैँ छोरा पाउन कहिले भोटो सिउनु अहिले झैँ भो कि भन ?
Theme images by i-bob. Powered by Blogger.