यो ठाउँ बिज्ञापनको लागी खालि छ

गजल !

(गजलकार:निर्मला खडका)
उदाश नजर धुवाँ धुवाँ छन
मनका रहर धुवाँ धुवाँ छन् ।

गगनभरी छ बारुदको मुस्लो
हरेक शहर धुवाँ धुवाँ छन ।

डर त्रास निर्दोषकै चित्कारमा
भोलिका प्रहर धुवाँ धुवाँ छन ।

संघारमा आई मुस्काउँदा मृत्यु
पिंडामा अधर धुवाँ धुवाँ छन ।

अनिदोमै बिते कयौं रातहरु
आँखामा असर धुवाँ धुवाँ छन ।

आज अन्यौल छ ,भविष्य अभरको
अनिश्चित सफर धुवाँ धुवाँ छन ।

शान्तीको आउला सुनौलो बिहान
सपना अमर धुवाँ धुवाँ छन ।

Theme images by i-bob. Powered by Blogger.