यो ठाउँ बिज्ञापनको लागी खालि छ

गजल !


 गजल

दियो बाल्दा पाला सोचेकै थिईन
जल्ला यो पैताला सोचेकै थिईन

कर्णालीका मान्छे अकालमा मर्दा
खै झाडापखाला सोचेकै थिईन

सुन्दर मान्छेका आत्माहरू साँच्चै
किन हुन्छन् ?काला सोचेकै थिइन

मैले कलमको क्षमता जाँच्दैथेँ
तरबार र भाला सोचेकै थिइन

शहीद हेपिनू त नौलो लाग्दैन
हत्यारालाई माला सोचेकै थिइन

घमण्डीथें उस्तै चढ्दो जवानीको
चाउरिन्छ्न् गाला सोचेकै थिईन

बर्तमान किन्दै भविष्य बिगार्ने
झुटा पाठशाला सोचेकै थिइन

जीवन शर्मा अर्याल
स्याङ्जा
Theme images by i-bob. Powered by Blogger.