कति सुत्छौ कान्तिपुरे अब त जागन !
१०४ बर्षे जहानिया राणाशासनले जनताको सबै हक अधिकार खोस्यो भनेर आन्दोलनको
बिउ पनि कान्तिपुरेहरुलेनै रोपेका थिए ! सबै कान्तिपुरेहरु एक जुट भएर क्रान्ति गरे
राणा शासन ढाले तर जनताको सरकार गठन गर्नलाइचैं जम्मा ८ बर्ष लाग्यो ! खै के के भ
र हो जनताको सरकार २ बर्ष पनि टिकेन अनि २०१७ सालले पंचायती ब्यबस्थालाइ जन्मायो !
राणा शाही खेदेर २००७ सालमा सुतेको कान्तिपुरेको निन्द्रा अलिकति २०३६
सालमा र अलिकति २०४५ सालमा खुल्यो ! फेरी
आन्दोलन गरेर पंचायत ढाले र सुते मस्त निन्द्रामा ! फेरी जागे २०६२ मा प्रजातन्त्र
फाले गणतन्त्र ल्याए र त्यसपछी सुते मस्त निन्द्रामा ! कान्तिपुरे आजको मिती
सम्ममा पनि मस्त निन्द्रामा नै छ !
कान्तिपुरे भनेको नेपालको राजधानीका मुन्छिरे ! जान्ने, बुझ्ने र सुझने जति
सप्पै कान्तिपुरका खाल्डोमा बस्छन ! इनीहरुको काम भनेको कान नछामिकन कागको पछी
दौडिनु हो ! देश भड्खालोमा जाओस नजाओस त्यो संग कुनै लेनादेना छैन ! एउटा बहुरंगी चारतारे
चटके आउछ कागले कान लग्यो भनेर कराउछ अनि सप्पै कान्तिपुरे हाहा र हुहु गर्दै पछी
दौडिन्छन ! अब काग लाइ समातेर कान ल्याउने भन्दै अर्को एकतारे चटकेले उचाल्छ ! नक्कली
कान ल्याएर देखाई दिन्छ कान्तिपुरेहरु मक्ख पर्दै भन्छ हो रैछ !
२००७ साल देखि आज सम्म धेरैले चटक देखाए ! हत्या, हिशा, महंगी, कालोबजारी,
तस्करी, गुण्डागर्दी, चेलीबेटी बेचबिखन के के हो के के अपराध सबै त्यहि
कान्तिपुरको खाल्डोमा अचाक्ली भाको छ र तिनका नाइकेहरु जति सप्पै त्यहि
कान्तिपुरेका कोहि घर बनाएर र कोहि बहालमा बसेका छन तर तिनलाई कुनै वास्ता ब्यस्ता
छैन !
गाम्घरा स्कुल पढेसी अझै धेरै पढ्ने भन्दै खर्च सामल बोकेर कान्तिपुरेको घरा
बाहाला बस्ने चारतारे देखि एकतारेहरु कत्तिले घर पट्टि बा लाइ ससुरा र आमै लाइ
सासु बनाए ! घरपट्टि नेवार साहु बा ज्वाई चैँ नारान अर्थात बाहुन बाजे देखि
क्षेत्री काजि हुदै मदेसका थारु सम्मका भए ! घर पट्टि बा आमा सासु ससुरा भए तिनका
छोरा जेठान देखि सालो अनि छोरी जेठी सासु देखि साली सम्मको दर्जामा परिणत भए !
हिजो चारतारे र एकतारे झण्डा बोक्दा आफ्नै भाषा छोरीलाई खे सम्म बे गरेर
ल्यायो अनि झ्यालखाना पर्दा खुच्चिंग ताला पैताला गर्ने पनि मनग्गे थिए ! समयको
खेल तिनै खे (विजात) ज्वाई प्रधान मन्त्रि देखि मन्त्रि हाकिम सम्म भए !
हिजो पन्चेको पालामा लोड सेडिंगको नाम नसुनेको कान्तिपुरेका ज्वाईहरु प्रधानमन्त्रि देखि
मन्त्रि अनि अड्डाका हाकिम सम्म भए ! सासु ससुरा देखि जेठान, साला र सालीलाइ प्रजातान्त्रको
खास्साको उपहार पहिलो किस्तामा लोड सेडिंग अनि दोश्रो किस्तामा हप्तामा १ दिन धारामा
पानि आउने बनाइ दिए !
महंगी, बेरोजगार, हत्या, हिँसा, आगजनी, बलात्कार, चोरि, तस्करी त तपसिलका
कुरा भए तर पनि कान्तिपुरेहरु बोल्दैनन ! किन बोल्नु पर्यो र छोरीले
पजेरो र प्राडो चढ्न पाकी छे ! नाति नातिना भान्जा भान्जी बिदेसा पढ्न पाको छन !
छोरीको घर पट्टिका लाइ पनि टन्न भएर उब्रेको पद उसले उसकी दिदि हरु लाइ समेत बाडन भ्याएकि
नै छे !
जनताले दुख पाएर ल्यायो साहु अब त जानु पर्यो, फेरी
एक फेरा आन्दोलन गर्नु पर्यो भन्दा किन आन्दोलन गरेर ल्याउने ! हिजो भ्यातल पाक्ने
भान्छा आज जारको बोतलको पानीले बासमती पाकेको छदैछ ! मस्तले खाएर ल्यायो सुत्यो !किन
जाग्नु पर्यो बित्था हिजो आज यस्तो पो भन्छन हाउ कान्तिपुरे ! कुरो ठिक हो वा बेठिक
खुट्याउन अलि गारो भो !
janakdangol@gmail.com