यो ठाउँ बिज्ञापनको लागी खालि छ

किन आरिस अर्या हो बिथ्या ?

 
(तस्बिर: सेतो पाटि बाट साभार)
कौरेसी भुतपुर्ब मन्त्रि माननीय  खुमबहादुर  खडकाको सप्पैले घनघोर बिरोध गरे ! धेरै बिरोध गर्नेमा लोकतन्त्रे गणतन्त्रे नेपाली कांग्रेस देखियो ! प्रजातन्त्रे कांग्रेसले चैँ चुक खाको जस्तो कालो मुख बनाए !
आफ्नाले नै धारे हात लाए भने अरु पार्टीकाको मुनात लट्टू नफुल्ने कुरा नै भएन ! खुबी भन्या यस्तालाई भनिन्छ ! दंगालीहरुले जसको सिता खाए उसको गित्ता गाए ! यसलाई भनिन्छ बफादारीको नमुना ! घामका कामरेडहरुले पनि धारे हात लाको देखियो तर खुम बहादुरले सिंचाई खाए, सान्ति सुरक्षा खाए बिकास खाए तर खुम बहादुर माननीयज्यु भाले हुनुहुन्छ ! भालेले बच्चा जन्माम्दैन ! त्यहि भएर उहाले कामरेड हरु जसरि हिजो सुत्केरी भत्ता खानु भएन ! घामको बहादुरले सुत्केरी भत्ता खाको बेलामा अख्बारा भंगेरा अक्षेरा समचार छाप्या चैँ कति चाडो बिर्स्यानि !
२०४६ साल पछिका काउरेस र एमाले, मालेले एक अर्काको बिरोध गर्नु भनेको आकास तिर फर्केर थुक्या जस्तै हो ! आकास तिर फर्केर थुक्दा के हुन्छ ? के को समर्थन र बिरोधमा सामाजिक संजालको भित्तो रंग्याको हो बेकारमा ! ल मानौ कांग्रेस भ्रस्टाचारी रैछ तर अरु पार्टीका नि ?
देउवाले दसैँको खसी बोका जस्तरी काठमान्डौको संकर होटेला थुनेका त्यो बेलाको माननीयहरु चैँ कुन पार्टीका थिए ? टनकपुरको टनटन घण्टा बजाउने कुन पार्टीका थिए ? सप्पै आन्द्राभुडी खोतलेर भन्दात फेरी काम्रेडहरलाइ घनघोर मर्का पर्लाहै  !
नया नेपालमा कुन चाहिँ सद्दे नेता छ १ जना मात्र देखाउनुस ! त्यसैले यो पंक्तिकारको नजरा पुर्ब माननीय खुम बहादुर खडका हिरो हो ! क्विन्टलको माला लाउनु पनि पुर्पुरा लेखेर ल्याउनु पर्छ ! त्यसैले लुज्जा मैलेनि 'जय नेपाल' भन्दे आज !
माननीय खुम बहादुरज्यु पुरानै 'प्रजातन्त्र' फर्काएर देखाउनुस र यी बिरोधिको मुखा भोटे ताल्चा ठोकम त किनहने ह्याउ र दाम भाको नेता भनेको तपाइँ एक जना त रै छ नि कौरेसा !
janakdangol@gmail.com
Theme images by i-bob. Powered by Blogger.