लिभिंग टुगेदर ।
आफुता औरेजिमा जिरो । फेरी यो औरेजी
भाखा बिदेसी । औरेजी बोल्ने भनेको कि गोरा देसा कि कुइर्या
देसा । कहिलेकाही बाध्यतामा परिन्छ अनि एक जना ‘बिस्ट’
काजि छन उनैलाई लौन काजि यस्तो भन्या कस्तो भनेर सिकी माग्छु अनि उहाले ‘दाइ’
यस्तो भनेर सिकाइ दिनु हुन्छ । ‘मेरा भारत
माहान’ भनेर एक रूप्पे साठी पैसेले गाडीको भित्तो पोते पनि हिन्दुस्थानिले
औरेजी बोल्न छोड्दैनन तर म चैँ तेरो मात्रै हैन बाबु ‘हाम्रै देश नेपाल माहान अनि
हाम्रै भाषा भेस्भुषा माहान’ भन्नेमा परे । नेपालीमै लेख्छु, अझ जानेको भए त
नेपाल हैन नेपा भाषा (नेवारी) मा पो लेख्थे किनभने जातिमा आफु परियो साहुबा
को छोरा ।
हिजो आज जताततै ‘लिभिंग टुगेदर’ को चर्चा
देखे । बिस्ट काजीलाई लौ न काजि साप अर्थ्याम त भने । अनि उहाँले दाइ ‘लिभ
भनेको बस्ने अनि त्यसमा आइ.एन.जी जोडिसी लिभिंग हुन्छ त्यो भनेको बसिरहेको र
टुगेदर भन्या चैँ संगसंगै अर्थात ‘संगसंगै बसिरहेको’ ।
‘लिभिंग टुगेदर’ भनेको संगसंगै बसी रहेको भनेसी हिजो पन्चेत काला एक्ला एक्लै बसेको
जमातेलाइ फलामे म्यान गणेस मानले थर्काएर सप्पै लाइ एक ठाउँमा जम्मा पारेर ४५ साल
देखि मुर्दाबाद .. जिन्दाबादको नारा घोकाए भनेसी त्यो पनि लिभिंग टुगेदर
गरेर आन्दोलन गर्या रैछ । उहिलेका बुढाहरु हदै बाठा हुन्छ भन्थे, फाइदाको सब्द
जानेर होला लिभिंग टुगेदर गरेर आन्दोलन गरे सफल भए ।
कुकुर लाइ घ्यु नपच्या भन्ने नेपाली आहान पनि छ ।
२०४८ साल पछी त्यो उखानले भंगको जस्तै रंग देखायो । डेमोक्रेसी पाई हालेम, अब जसको
जोत उसको पोत, के को लिभिंग टुगेदर ? ‘वान बाइ वान कम’ भनेर जुध्न थाले । जुधेको
नतिजाले गर्दा २०५१ जन्माए ।
मोटो श, पातलो स, पेट चिर्या ष खाइ के के हो के
के नाउ पनि । कम्निस्ट कामरेडको पार्टीहरुको नाम गनी साध्य भे पो । हिन्दुस्थाना
गएर लिभिंग टुगेदर गरे । १० बर्ष आधि, बेरी, हुरी ल्याए । प्रलय लाइ आज
भोलि सुनामी भन्छ । सुनामी ल्याउन लाए, बाध्य भएर २०६२ देखि फेरी लिभिंग टुगेदर
हुन थाले ३ बाट अहिले ४ जना लिभिंग टुगेदर गरेर बसेका छन ।
७ बर्ष भो ४ थानेलाइ लिभिंग टुगेदर
मज्जैले फापेको छ । हल गोरु नारेको जस्तरी नारिया छन । कहिले रिसोटा त कहिले जंगला
भाको होटेला गएर लिभिंग टुगेदर गर्दै चिकेनको साप्रोले दांत कोट्याउदै टिन बिर्के
रौसि ब्योरले मुख खकाल्छन । बिल आउछ नाथे एक थान अम्लेट भन्ने कुखुरोको अण्डा,
डिम्बा, फूलको भाउ पान सेको । अण्डाको पानसे भनेसी झन त्यो चिकेन सिकेनको के हिसाप
गराई भो । लुटको धन फुपुको श्राद्द । लिभिंग टुगेदर गरेसी
काम धन्दा पनि गर्नु नपर्ने रैछ । काम धन्दा गर्लान कि भनेको के गर्थे । ४ बर्षानि
सकेनन त्यो संबिधान भन्ने जिनिस तयार पार्न । सात साला पनि राजा, पार्टी र जनता लिभिंग
टुगेदर भएर राणा हटाए । सात दुना चौधानि त्यो संबिधान भन्ने जिनिस तयार पार्न
सकेनन । चुनाउ त गरे संबिधान सभाको चैँ हैन तर संसद्को ।
सात सालानि आन्दोलन गर्या । छयालीस सालानी गर्या
र बैसट्ठी सालानि गर्या । सात सालको आन्दोलन १० वर्षमा चेटभो २०४६ सालको १६ बर्षा तुहियो
। बैसट्ठीको पनि ८ लाग्न लाग्यो । ७/८ बर्षा लिभिंग टुगेदर गरेर बस्छन तर
संबिधान बनाउन सक्दैनन भने यी नेपालका भार लिभिंग टुगेदरे साढे हरुलाई बिनासित्ती
पालेर के फाइदा ? बुढो गोरुले बालि लागेको कहिले देख्नु भाको छ ?
janakdangol@gmail.com
