हाउगुजी !
साना साना भुराहरुलाइ तर्साउन प्रयोग हुने सब्द हो ‘हाउगुजी’ ! २००७
सालमा दानमा आएको 'प्रजातन्त्र' देखि आजको मिति सम्ममा आइ पुग्दा सम्म नेपालको
जनतालाई नेता तिनका कार्यकर्ता देखि शासक सम्मले साना भुरा सम्झेर ‘हाउगुजी’ भन्दै
तर्साउन चैँ छोडेका छैनन !
सात साल भन्दा अगाडी राणा शासन बाट मुक्ति दिन्छ्म भनेर दुम्जाली कोइरालाका
सन्तानले जनतालाई उचाले ! त्यो दिन बाट उचाल्न सुरु भाको उचाल्ने र आफ्नो काम सके
पछी तिनै जनतालाई पछार्ने काम कार्य आजको मिति सम्ममा आइ पुग्दा पनि न रोकिएको छ न
रोकिने नाम लिएको छ !
‘हाउगुजी’ पनि नेपाल मण्डलमा अचम्म अचम्मको देख्न र सुन्न पाइन्छ ! पंचायतको
‘हाउगुजी’ले सात सालमा आको प्रजातन्त्रलाइ तर्सायो ३० बर्ष सम्म तर ३० बर्ष सम्म नेपालको
जनताले आक्कल झुक्कल बाहेक बन्द, हड्ताल चक्काजाम र आगजनीको ‘हाउगुजी’ भन्नेको
अनुहार देख्न पाएको थिएनन तर त्यहि पंचायतलाइ छत्तिस सालले ‘हाउगुजी’ देखायो तर
सातसाले प्रजातन्त्र दिने मालिकको कृपाले १० बर्ष सम्म गाडीको लाइसेन्स रिन्यु
गरेको जस्तरी रिन्यु त गरि दिए त्यो पनी लोकलाइ देखाउनको लागि रैछ भन्ने कुरा
पैतालिस साले सिमाबन्दिको ‘हाउगुजी’ले पनी नदेखाको काहाँ हो र !
छयालीस सालले फेरी सात्साला झैँ दोश्रो पटक प्रजातन्त्र त दियो ! तर
बच्चाले आमालाई भन्ने गरेको त्यो ‘आमा आमा बा आए’ भन्या झैँ भो ! लाहुरे बा लाहोर
बाट आका हुन नि तर भुराको लागि नभएर आमाको लागि आको भने झैँ पो भो ! प्रजातन्त्र
आयो तर जनताको लागि नभएर नेता र तिनका पार्टीका लागि आको रैछ ! त्यहि
प्रजातन्त्रले दिन त दियो नेपाली जनतालाई ! के दियो भन्दा महंगी,कालाबजारी,
गुण्डागर्दी, अपहरण, हिँसा, हत्या, लुटपाट अनि पार्टीको नाममा गरिने बन्द, हड्ताल,
चक्काजामरुपी ‘हाउगुजी’ !
अझ त्यो भन्दा ठुलो ‘हाउगुजी’ त नेपाली जनतालाई उत्तरी क्षिमेकीको
मसिहाको नामको प्रतिलीपी राखेर गर्ने हरुले दिए ! त्यो माओबादी नामको ‘हाउगुजी’ले
‘हाउगुजी’ गरेर डर मात्रै दिएको भए पनि सन्तोष मान्नु हुन्थ्यो तर ‘हाउगुजी’
संगसंगै मच्चाएको उत्पातले मच्चाएको ‘माओबादी’ नामको सुनामीको डर नेपाली जनताले
अझै पनि मनमा पालेर नराखेको पनि काहा हो र !
सुनामी मत्थ्थर पार्ने भन्दै १२ बुंदे शान्ति सम्झौताको साथ संबिधान
सभाको चुनाव गरे ! तर नेपाली जनतालाइ संबिधान त हैन त्यहि संबिधान सभा चुनाव नामको
चुनावे ‘हाउगुजी’ले फेरी सताउन थालेको छ ! संबिधान सभाको चुनावले त ६ मैना देखि
वर्षा दिन भित्रमा संबिधान दिनु पर्ने हो ! छयालीस साले प्रजातन्त्रले नौ महिनामा
संबिधान दिएको थियो तर नयाँ नेपाल बनाउन ल्याको गणतन्त्रले ‘संबिधान’ पनि काँचको
पर्दामा देखाइने चलचित्र जस्तै भाग १ बाट भाग २ मा पो पुर्याको छ ! भाग १ सकियो अब
भाग २ मा सुरु हुने त्यो संबिधान सभा नामको ‘हाउगुजी’ भाग २ मा नै टुंगिन्छ भन्ने
पनि कुनै आधार वा ग्यारेन्टी छैन ! उत्तरी मसिहाको देसा बनेको सामानको जसरि कुनै
वारेन्टी तथा ग्यारेन्टी हुँदैन त्यस्तै भाको छ नेपालको संबिधान सभाको चुनाव पनी !
भाग २ नामको संबिधान सभा नामको हाउगुजीमा पनि ‘महाहाउगुजी’ बनेर आर्को
खेमा तयार भाको छ ! ट्रेडमार्क त उही माओबादी नामनै हो क्यार तर यो ‘महाहाउगुजी’
ले सिलसिलेवाररुपमा आफ्नो असर पनि देखाउन सुरु गरि सकेको छ ! हिजोको जनयुद्द नामको
लडाइमा अत्यन्त त्यो प्रिय फर्मुला ‘सफाया’ नामको अस्त्र फ्याँक्न सुरु गरि
सकेका छन ! त्यै सफाया अस्त्र बाट तर्सेर गुरुजीको प्रिय चेला आजकल बायुपंखे घोडा
भन्दा अरुको यात्रा गर्न रुचाउनु हुन्न भने आर्को दुइ नम्बर चेलालाइ पुलिसले
अभियुक्तलाइ थमाको म्यादी पुर्जी नामको पिरिम पत्र जस्तै यो यो कारणले गर्दा बाबु
चेला तिमि ‘सफाया’ कारबाहीमा पर्ने वाला छौ भनेर ‘हाउगुजी’ देखाका छन !
साँच्चिकै ‘हाउगुजी’ हो वा वास्तविक ‘हाउगुजी’ हो त्यो त समयले नै बताउला !
तर,
जनता जनार्दनको पुकार सुन्नु हुन्छ भने हे ‘हाउगुजी’ का आबिस्कारहरुहो
हामि जनता बबुरा हरुलाईचैं सात साल देखि
आजको मिति सम्ममा नछोडेको त्यो विभिन्न नामधारी ‘हाउगुजी’ नदेखाउनु हुन बिनम्र
अनुरोध गर्दछौ !
‘जय हाउगुजी’ .... ‘हाउगुजीको जय होस’ !
“अस्तु”