बालै भएन हैन छु मतलब !
- जनकमान डंगोल janakdangol@gmail.com
आज भन्दा केहि बर्ष अगाडि सायद औरेजीको तिथि मितिमा भन्दा २००६ या ७ कुरा
हो क्यार ! हाम्री रूपमती दंगाली नानि सुश्री कोमल वली ‘मलमल किरि जुनकिरी’
गाम्न भनेर मलेस्या आम्न लाग्या थिन ! सुश्री कोमल वलीनि खबरे हुन क्यार ! शिहदर्बारे बुढो
रेडिया सम्चार फुक्छिन ! दारिवाले सृष्टिकर्ता बुढा ब्रम्हाजीले तिनलाई कोईलीकै
जस्तो स्वर र ३२ लक्षणकै बराबर रुप त देका हुननि तर क्यार्नु पुर्पुरा
नाजुरेर होला कहिले पोइला जान पाम त कहिले एउटा पोइ खोज्देउ न शिवजी
भनेर गुनासो अर्या अरयै अर्च्चिन र पो मार्यो त !
ति वली नानी जुनकिरी गाम्न मलेस्या आम्ने
बेला एकजना खबरे ले कस्तो हुन्च्चत नि कार्जेकरम भनेर सोध्याथे ! वली नानीले ए यो
पालाको हाउरो कार्जेकरम त ‘झक्कास’ हुन्च्च भनेर भनिन गाँठे ! यो
पंक्तिकारले जिन्द्गिया नसुन्या सब्द परो ! के हो यो ‘झक्कास’ भन्या भनेर धेरैलाई
सोधीयो तर कुनै माइकालालनी ‘झक्कास’ को सब्दार्थ अर्थ्यामन सकेनन !
राजाले हाता ल्या शासन फेरी जनताले खोसेरे
भन्ने खबर तिनै जुनकिरी गाम्ने वली नानीले बुढो रेडिया फुकिन ! प्याच्च एउटाले
भन्यो पर्जातन्त्र जावोस कि गणतन्त्र आओस हाम्लाई 'बालै'
भएन ! फेरी आर्को नेपाली शब्दकोषा नभा शब्द ‘बालै’
भन्ने सुनियो !
हाम्रो देसा रोटि देखि बेटी सम्मको आइनो
साइनो उत्तरा भन्दानी दक्षिणा धेरै चल्छ ! हाम्रा दक्षिणकाले त हिन्दि बोल्दैनन !
आफ्नै लोकल भाषा अबधि, ताजपुरिया देखि मैथिली, भोजपुरी सम्म बोल्च्चन !
एकजनालाई भोजपुरीमा सोधे ये भाइ ये झक्कास के मतलब का बा ? भैया
साथीले पनि भोज्पुरिमै फलाक्यो झक्कास के मतलब झक्कास बा ! अनि फेरी सोधे 'बाल' के मतलब का बा नि ? फेरी
भँच बालके मतलब रौवाके मालुम नैखे ? तोहानी के मालुम बा त
हमनि के भी बताव ! अनि मैले भने झक्कास, बाल भनेर मैले थाहा
पाको भए त मदेसी लाई सोध्थी ? म रिसाको देखेर उसले यतिखेर
सुद्ध नेपालीमा भन्यो हम्नीको पनि सबै काहा पता हुन्च्च र ! त्यतिखेर ऐलेको जस्तो
यो फेस्बुके र ट्वीटे भा भे पो छिनका छिनमा सोधी बस्नु ! नचिन्या गामको बाटी नसोध
गोर्खेमाइला भने आफैले आफैलाई !
उहिले बराजुको पाला गोर्खाली राजा पृथ्बी
नारायण शाहले बाइसे र चौबिसे मिलाएर छत्तीसे राज्यलाइ एकै ठाउँमा ल्याए ! जसलाई
गोरा र कुइर्या भाखा ‘Merge’ भन्छन भने नेपालीको भाषा एकीकरण ! नेपाला ठाम
अनुसारको भाषा ! सुदुर पूर्वको राइ, लिम्बु देखि सुदुर पश्चिमको गढ़वाली सम्म भने
मदेसको अबधि ताजपुरिया देखि मैथिली, भोजपुरी हुदै थारु सम्म !
राजकाज गर्न सजिलो होस भनेर होला बुढा
महाराजले ‘खस’ अर्थात पर्वते भाषा पनि भन्छ त्यहि चलाए ! राजा भन्दानि ठुला जंगे
महाराजलेनि त्यही अनुसरण गर्या हुन तर तिनका सन्तानले जब गोरा र कुइर्या भाषा हुदै
नेपाली भाषा उर्दु र हिन्दि पनि मिसाय ! अड्डा, अदालत, जंगी, फौजी, निजामती, सदर,
बदर आदि सबै आयातित हिन्दि तथा उर्दु सब्द हुन ! जुन नेपालमा अहिले पनि प्रचलन नै
छ !
२०४६ साल पछी नेपालमा नेपाली भाषामा धेरै
सुद्धता ल्याउने काम त भयो तर ग्रहण बनेर जब ६३ साल के आयो बस नेपालमा निर्धक्क
संग अस्लिल बम्बैया भन्ने मुम्बैया फिलिम संगै भाषा पनि भित्रिन सुरुभो जसको
उदाहरण माथि प्रस्तुत ‘झक्कास’ र ‘बाल’ सब्द हुन !
एक दम राम्रो छ अथवा सुन्दर छ भनेर भन्नु
पर्ने सब्दलाइ झक्कास अनि वास्ता छैन अथवा मतलब छैन भन्ने सब्द्को ठाउँमा बाल छैन
बालै भएन बाल मतलब बाल नदे प्रयोग हुन थाल्यो ! अरुको त के कुरा गर्नु पत्रकार,
कलाकार अथवा साहित्यकारहरु भनेको त रास्ट्रको गहना हुन तर तिनीहरुले नै जानेर वा
नजानेर वा बुझ पचाएर हो निर्धक्क संग यस्ता सब्द प्रयोग गर्छन ! पत्रकार तथा गायिका
कोमल वली हुन या पत्रकार तथा कार्यक्रम प्रस्तोता सिवानी थारु सबैले यस्ता सब्द
खुब प्रयोग गर्ने गर्दछन ! नपत्याय सिवानी थारुज्युको ट्वीट हेर्नुस बाल सब्द
अत्याधिक मात्रामा प्रयोग भएको हुन्छ !
नेपाली भएर आफ्नो भाषामा आयातित भाषा मिसायर
बोल्दा र लेख्दा त्यो भाषा कस्तो हुन्छ ? बत्तीस लक्षणले युक्त आइमेलाइ गालामा
लाली पाउडर र ओठा रातो घस्दा के चौसट्ठी लक्षण हुन्छ र ? त्यसैले मैले चैँ बाल र
झक्कास हैन यस्ता एक रूप्पे साठी पैसे सब्दको मतलब नै गर्दिन ! अझ भन्ने हो भने
मेरो मातृ भाषा नेवारीमा त यस्तो सब्दलाइ ‘छु मतलब’ ? भन्ने पो गरेको छु है !
‘अस्तु’
(प्रतिलिपि गर्न सख्त मनाही छ)