गजल
भोट माग्न आउँदा यीनको, नमस्कार देखेको छु ,
पार्टि पिच्छे खिचातानी , बहिस्कार देखेको छु ।
देशको लागि मर्ने सहिद, बेच्ने लाई सम्मान छ,
ज्यानमारा र तस्करीलाई, पुरस्कार देखेको छु ।
राणा शासन पन्चायती, बहुदल र जनवाद रे,
आफ्नै दुनो सोझ्याउने, आविष्कार देखेको छु ।
पूर्व टिष्टा काँगडा र, मेची काली भूगोल् हेर्दा,
भागवण्डामै टुक्रिएको, चिरफार देखेको छु ।
आफ्नै देशको कानुन् लेख्न,कता कता धाउछौ हेर्छु,
उत्तर चीन दक्षिण भारत, वारपार देखेको छु ।
सुनिल गौतम, हेटौडा ५ सानोपोखरा
२०७०/०६/२३