यो ठाउँ बिज्ञापनको लागी खालि छ

‘पटपटानी’



  • जनकमान डङ्गोल,janakdangol@gmail.com

घरको काम धन्दा भ्याई सके पछी छरछिमेकको सबै आइमे मुन्छिहरु कुनै एक थातथलोमा भेला जम्मा भएर कोहि बात मार्ने गर्छन भने कोहि एक आपसको टाउकोमा जुम्रा हेर्ने तथा ठुंग हान्ने ठुंग हनाउने काम गर्छन ! त्यसरी भेला जम्मा हुँदा घरायसी दुख, सुख तथा सर समाजको चर्चा समेत हुने गर्दछ !
बात मार्ने सिलसिलामा कुनै कुनै आइमे मुन्छिहरु नभाको कुरालाई पनि एकदम लय र भाखा मिलाएर भन्न सिपालु हुनेका साथसाथै सुगा जस्तै ट्याउं ट्याउं बोल्ने लाइ एक मदेस एक प्रदेशको बिचको भागा पर्ने माते सीताको मुईती तथा राजा जनकको राज्यमा बस्ने त्यस्ता आइमे मुन्छिलाई ‘पटपटानी’ भन्ने गर्छन भने पहाडियाहरुले चैँ ‘फतौरी’ भन्ने गर्दछन !
‘पटपटानी’ हुनलाई पनि कला र गला चाहिन्छ ! बिना खुबी बिना वाकचातुर्य त्यसै कहाँ त्यस्तो दर्जाले सुसोभित हुन पाइन्छ र ! हो लाइ हैन र हैन लाइ हो त्यो पनि एकदम लय मिलाएर भन्न सकिएन भने उक्त दर्जा बाट डिमोसन हुनाको साथसाथै मह्फिल्मा कहिले पस्न नहुने गरि प्रतिबन्ध समेत लाग्न सक्छ !
जहानिया श्री ३ सरकार होस या श्री ५ को सरकार वा प्रजातन्त्र देखि लोकतन्त्र सम्ममा आइपुग्दा ‘पटपटानी’ हरुले गोर्खालीले जोडेको नेपाला हैकम जमाको छन ! फरक यत्ति छ कुनै बेला ‘पटपटानी’ पोथी हुन्छ भने कुनै बेला भाले ! २०४६ साला नेपाला डेमोक्रेसी आइ सके पछी बिशेस गरेर भाले ‘पटपटानी’ हरुको बोलबाला चलेको छ !
‘पटपटानी’ हरु पनी अचम्म अचम्मका छन ! पन्चको पालाको ‘पटपटानी’ रास्ट्रिय मार्का हुन्थ्यो ! श्री ५ भन्दा अरुलाई कला देखाउदैन थिए तर जुन दिन बाट २०४६ साल आगमन भो ‘पटपटानी’हरुले रास्ट्रिय तथा अन्तररास्ट्रिय दुबैमा कला र गला देखाउन पाको छ ! अझ ६३ पछिको त झन कुरै नगरौ बिसुद्ध अन्तररास्ट्रिय मात्र भए ! ‘पटपटानी’ हरुको लागी घरके मुर्गी दाल बराबर भने झैँ भो !
२०४६ साल अगी होस या पछी ‘पटपटानी’ को नियुक्ति हुँदैन थियो ! आफ्नै क्षमता र बलबुताले उक्त पद हासिल गर्नु पर्थ्यो तर ६३ पछी ‘पटपटानी’ अन्तररास्ट्रले नियुक्ति गर्न थाले जसको नतिजा तपाइँ हामीले दिन प्रतिदिन देख्दै र भोग्दै आएको छम ! नेपाली होस या हिन्दि उखान टुक्का सक्कल बमोजिम नक्कल गर्ने नपर्ने गरि मिल्छ ! भनिन्छ बोक्सी जसलाई पारीको भाषा 'डायन' भन्छ ! बोक्सीले पनि भेद्दा एक घर छोडेर भेदने गर्च्च भन्छन तर यी आधुनिक ‘पटपटानी’ रुपी बोक्सीले देउता देखि माटो हुँदै आफ्नै लाइ समेत भेदेर सत्यानास बनाइ सकेका छन !

Theme images by i-bob. Powered by Blogger.