यो ठाउँ बिज्ञापनको लागी खालि छ

लुट्नेहरुले प्राण लुटे (गजल) !

(गजलकार Smile Gajurel)
गजल

लुट्नेहरुले प्राण लुटे, चुप लागेर के पाएँ?
पल पलको शाश घुटे, चुप लागेर के पाएँ?

स्वप्न सञ्जाल भित्र राखि, ताला लगाई बाहिर
शुष्म मष्तिक माथि भुटे, चुप लागेर के पाएँ?

रोकि सम्पुर्ण मनो भाब, शिर झुकाई पाउमा
सोच्दा आफन्त मुटु टुटे, चुप लागेर के पाएँ?

मन टुक्राई खण्ड- खण्ड, रुग्ण हुँदैगो काँपेर
तिम्रो नाममा चित्र खुटेँ, चुप लागेर के पाएँ?

खोई! हरायो कता-कता, आशा भरोसा आकांक्षा
सँधै अश्रुको धारा छुटे, चुप लागेर के पाएँ?

देख्दा हाँसेको लाग्न सक्छ, भित्रै चोटको खानि छ
दर्द चपाई कैँयौँ टुटे, चुप लागेर के पाएँ?
Theme images by i-bob. Powered by Blogger.