क्रान्तिबीर !
| (तस्बिर:फेसबुक बाट साभार) |
..
पर्सि पल्ट को कुरो हो पारि जंगलमा बिद्रोही र सेनाको दोहोरो भिडन्त चलेको छ रे भन्ने खबर गाउँ भरि फैलियो !
मायाले पनि सुनी मनमनै देउता पुकारी र भनी हे भगवान उसलाई केहि पनि नहोस ! लडाईको अग्र भागमा बसेर लडेको साइलालाइ दुस्मनको गोलीले
कति खेर मुटु छेड्यो पत्तै भएन ! एकपल्ट ऐय्या र पानि भन्यो ! तुरुन्त मोर्चा बाट निकालेर मरहम पट्टि गर्न नपाउदै सकी नसकी कनेर 'ला..ल स...ला..म का...म...रे....ड' भन्ना साथ यो पापी संसारबाट बिदा भो ! लडाई थामिना
साथ् पार्टीको नियम अनुसार पार्टीको झण्डा ओडाएर धेरै बहादुर साइलाहरु लाइ जंगलको
खाल्टोमा बिदा गरे ! त्यहि बेला यता मायालाई व्यथाले चाप्यो ! केहि समयमा स्वस्थ
राम्रो छोरालाई जन्म दिई ! भोलिपल्ट लडाकुको कमान्डर दलबल सहित माया लाइ भेट्न गो
र भने तपाइको श्रीमानले बहादुरीको साथ लडेर सहिद हुनु भयो ! आज बाट तपाइँ सहिदको पत्नी हुनु भयो ! एउटाले खुसुक्क भन्यो हिजो
उहाले छोरा पाउनु भएको रहेछ ! लडाकुको कमाण्डरले बहादुर साइलाको छोरा लाइ काखमा
लिएर भने यसको नाउ राख्नु भो ? मायाले मुन्टो हल्लाउदै भनि छैन ! कमाण्डरले सबै गाउलेको अगाडी घोषणा गरे
आजबाट यो बच्चो को नाउ हामीले 'क्रान्तिबीर' भनेर राख्यौ ! माया बोलिन टोलाई मात्र रही र उसले त्यो
भिडमा उसको लोग्ने लाइ खोज्दैथि ! तर मायालाई यो ‘सहिद’ भनेको
के हो थाहा पत्तै छैन ! पछी एक जनाले तेरो लोग्ने ता हिजोको भिडन्तमा मारियेछ भने
पछी पो थाहा पाइन त्यो ‘सहिद’ भन्ने सब्दको अर्थ ! बल्ल थाहा पाई अनि भक्कानो
छोडेर रोईन बरा ! न ज्यान देख्न पाइन न च्यान देख्न पाइन !
..
हिजो लडाइमा धेरै साइला तामांगहरु सहिद भए !
धेरैको सिउदो उजाडियो र कति गर्भे टुहुरा भए ! आज तिनिहरुले न्वारान गरिदिएका क्रान्तिबीर हरु कोहि गिट्टी कुट्दै छन ! कोहि उमेर ढाटेर खाडीमा जोतिन गएका का छन भने बाबु आमा
दुवै गुमाएकाहरु महानगरमा फोहोरको थुप्रोमा प्लास्टिक केलाउदै बसेका छन ! आज
तिनीहरु लाइ यों पापी संसारले क्रान्तिबीर हैन 'खाते' भनेर पुन: न्वारान गरि दिएका
छन ! 'लाल सलाम' भन्ने हरुको क्रान्ति
भनेको यस्तो हुदो रैछ ! के पायो त यो क्रान्तिले साइला तामांग हरुको सन्तानले ? माया यहि सोच्दै
बसेकी छिन आज !
(यो कथा पूर्णरुपमा काल्पनिक हो ! कसैको घटना संग मेल खाएमा संयोग मात्र हुनेछ)