यो ठाउँ बिज्ञापनको लागी खालि छ

सँग-सँगै चन्द्र सूर्य झण्डा उचालिनु पर्छ |

गजल
(Sabitra Luitel Ghimire)

आन्दोलन गर्नु पर्छ, जुलुस निकालीनु पर्छ
सँग-सँगै चन्द्र सूर्य झण्डा उचालिनु पर्छ |

भोली कसैले यस्तो पनि माग राख्नेछन् सुन
चिहान उत्खनन् हुनुपर्छ सालिक ढालिनु पर्छ |


राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि अब

सडकमा दलालका पुत्लाहरु बालिनु पर्छ |

उठ नौ जवान हो उठ! बचाउँ हाम्री जननीलाई
बाटो हेर्ने छैन समय आँफै सम्हालिनु पर्छ |

अब गलत अनि सहि चुन्ने बेला आएको छ
देशका कपुतहरु एक-एक गर्दै फालिनु पर्छ |


साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
Theme images by i-bob. Powered by Blogger.