गजल न आँखामा सजाउछौ न मुटुमा बसाउँछौ न छेवैमा बोलाउछौ न त टाडा भगाउँछौ|| नखुलेका ओठहरु बोल्न खोज्छन इशाराले समिपैमा आउछौ अनी सर्माउदै लजाउँछौ|| सपनिमा देख्छु अनी झस्किएर उठ्छु तब उठी हेर्दा आँखा बाट ओझेल हुँदै बिलाउँछौ|| बिर्सिएर यादहरु कोल्टे फिर्दै सुत्न खोज्दा कोसेलीमा उही याद पोको पारी पठाउँछौ|| खोलेहुन्छ मन्को गाँठो गाँउलेको सामुन्नेमा लुकीछिपी लुकीछीपी आँखा किन जुधाउँछौ|| जीतु खड्का गाँउले मोरङ उर्लाबारी हाल साउदी अरब