कथा : बिशाखा !
त्योबेला कसैको घरमा ट्युवेल थिएन । नजिकै रहेको थारू छात्राबासमा मात्रै थियो ।
जहाँ सबैले आफ्नो विहानको नित्य काम भ्याएर घरमा पानी भरेर ल्याउँथे । थारू छात्रावासमा बस्ने विधार्थी हामीलाई जिस्काउँथे ।
माईली दिदी धेरै राम्री भएकीले सबै उमाथि आँखा लगाउँथे र जिस्काउँथे । म सानैदेखि अली अटेरी र निडर भएकोले तिनीहरूसँग झगडा गर्थे ।
दिदी डरपोक थिईन् म चाँही छुच्ची ।
पछि काठमाडौं आएपछि थाहा पाएँ म पो रहेछु डरपोक । माइली दिदी डरपोक भएपनि
जेठी दिदी त छुच्ची मात्रै होइन निकै क्रुर र अपराधीको जस्तो मनोवृतिलाई
पालेर बाँचिरहेकी रहिछन् ।
कथाकार :- यादव देवकोटा
त्योबेला कसैको घरमा ट्युवेल थिएन । नजिकै रहेको थारू छात्राबासमा मात्रै थियो ।
जहाँ सबैले आफ्नो विहानको नित्य काम भ्याएर घरमा पानी भरेर ल्याउँथे । थारू छात्रावासमा बस्ने विधार्थी हामीलाई जिस्काउँथे ।
माईली दिदी धेरै राम्री भएकीले सबै उमाथि आँखा लगाउँथे र जिस्काउँथे । म सानैदेखि अली अटेरी र निडर भएकोले तिनीहरूसँग झगडा गर्थे ।
दिदी डरपोक थिईन् म चाँही छुच्ची ।
पछि काठमाडौं आएपछि थाहा पाएँ म पो रहेछु डरपोक । माइली दिदी डरपोक भएपनि
जेठी दिदी त छुच्ची मात्रै होइन निकै क्रुर र अपराधीको जस्तो मनोवृतिलाई
पालेर बाँचिरहेकी रहिछन् ।
यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर
सोचेकै थिइन ।
बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै छुट्टिन लागेकाहरूसँग कसरी भेट्ने होला फेरि ?
यतिका वर्षपछि बल्ल बुझ्दैछु–हो बाँच्नुपर्ने रहेछ, भेटिँदा रहेछन्
छुटेका मानिसहरु । जीवनको एउटा याममा दर्केझरीसँग भेटेझैं भेटिएर छुटेका
मान्छेहरुसँ पनि भेट हुने रहेछ । सोह्र बर्षपछि उनीसँग फेरि भेट भयो अर्थात् खोलो
फर्कियो ।
०००
भर्खर भर्खर स्नातक पढ्न थालेका दिनहरु
थिए । साह्रै अन्र्तमुखी थिएँ । अरूले बोलेको सुनिरहने । तिनको जवाफ मनभित्रै दिने
मनैले । त्यस्तो दिनमा क्यान्टिनमा चिया पिउन बस्दा भेट भएको थियो उनीसँग ।
‘म ननभेज टी’–उनले भनेकी थिइन् ।
चियापनि ननभेज हुँदो रहेछ भनेर ज्ञानको
विशाल किताब भेटेझैं मनभित्रै एकहात लामो खुशी फुलाएँ । केही बेरमा उनको अगाडि
कालो चिया आयो । म दगं परें । मेरो घरमा बाले कालो चिया पिउन मन लागे
भन्नुहुन्थ्यो–लौ है विरामी चिया भए पनि बसालम् ।
उनीसँग अरू तीनजना केटीहरु थिए । ती मध्ये
एउटीसँग मेरो साथी प्रल्हादको चक्कर शुरू भएको थियो । हिरो साइकलको पछि त्यही
केटीलाई राखेर काठमाडौंका केही सडकहरुको फन्को मार्दै गरेको देखेको थिएँ दुई तीन
चोटी प्रल्हादलाई ।
त्यो भन्दा बढी के के गर्यो ऊ आफैं
जानोस् । प्रल्हादलाई उसैको प्रेमिकाले बोलाएकी थिई–‘यतै आए हुन्छ ।’ म नबोलाईकनै गएँ
प्रल्हादको पछि लागेर । ननभेज टी अर्डर गर्नेवालीले हात अघि बढाउँदै भनि–‘एनी वे म विशाखा, घर विरगन्ज ।’
०००
उसको बारे धेरै सम्झना बाँकी छैन । तर
प्रष्ट याद छ, आँखा चहकिला थिए र हेराई साह्रै धारिला ।
अहिले पनि सिरूका धारिला पातहरू देखेपछि म विशाखाको आँखाको सम्झना गर्छु ।
क्याम्पसमा कार्यक्रमहरू भईरहन्थे । कविता
प्रतियोगिता, वादविवाद यस्तै यस्तै । कार्यक्रम सकिएपछि
विशाखा भन्थि–‘यी सव् कार्यक्रमहरू तिमिलाई फस्ट बनाउन
गरिएका हुन् ।’
मैले कविता वाचन गरिरहँदा सबैभन्दा अगाडि
बसेर थपडी बजाउने पनि उही हुन्थि । उसको हरेक थपडीमा मेरो हृदयको तार नपत्याउँदो
गरि गुन्जन्थ्यो लजालु पारामा ।
यसरी उसलाई मन भित्रै पट्याउन थालेको थिएँ
। तर ऊ त कडा स्वाभावकी थिई । सिधा प्रस्ताव राख्दा मन नपरे गालामै थपडी बजाईदिन
सक्थि । प्रल्हाद नै थियो क्याम्पसभरि हल्ला गर्ने र उसका साथीमार्फत् प्रेमको लमी
बनेर विशाखासम्म मेरो प्रस्ताव पुर्याउने ।
स्नातक दोस्रो वर्षको परीक्षा सकिएको दिन
उसले नै थमाईदिएको थियो विशाखाको हातमा मेरो गुलाफी अक्षरहरुको पाना ।
तर, ऊ त हराई एकाएक ।
तेस्रो वर्ष पढ्नै आइन ।
एक किसिमको अपराधबोध जस्तो भयो । किन
त्यसो गरेँहुँला भन्ने लागिरह्यो ।
उसँग छुटेको पन्ध्र वर्षमा पन्ध्रै चोटी
विरगन्ज पुगे हुँला । ती हरेक यात्रामा एकएक गरि थपिँदै थपिँदै मनभित्र पन्ध्रैवटा
सुल रोपिएझैं लाग्छ । मेरो एउटा पत्रले उसले पढ्नै छाडि भन्ने लाग्यो । साथीहरु
भन्थे–हाम्रो भन्दा अर्कै परीक्षा केन्द्रमा
तेस्रो बर्षको जाँच दिँदै गर्दा भेटिएकी थिई ऊ ।
०००
कुनै अनलाइनमा मैले लेखेको कथा छापिएपछि म
जिउँदै छु भन्ने ठम्याइछ । प्रल्हाद भन्थ्यो–‘संकटकालको कुनै दिन
पशुपतिमा विशाखासँग भेट भएको थियो ।’ मेरो बारे सोधिछ ।
उसले भनिदिएछ–‘प्रतीक त लडाईमा हिँड्यो ।’ पशुपतिमा जलिरहेका शवहरुलाई छाड्दै आकासतिर बत्तिएका धुवाँजस्तै अनुहार
बनाएर छुट्टिइछ प्रल्हादसँग ।
त्यहीँ अनलाईनवाला कथा पढेपछि उसले
फेसबुकमा मेरो खोजी गरिवरी फ्रेन्ड रिक्वेस्ट पठाएकी थिई । पत्र बोकेर फरार भएको
डेढ दशक अघिकी साथीले फेसबुकमा पठाएको अनुरोध स्वीकार गरिरहँदा मेरो छोरो संयोगले
पछाडिबाट मलाई चिमोटिरहेको थियो ।
त्यसदेखि यता विशाखासँग भर्चुअल रिलेशन
शुरु भयो । कुराकानी शुरू भएको केही दिनपछि मैले पूराना दिनहरु सम्झाएर उनलाई भने–‘मेरो घाँटीको किलकिलेमा नजानिँदो गरी एउटा सकस अड्किएको छ । त्यो पत्र
तिमिलाई दिनु र पत्र पाउनासाथ तिमि हराउनुले मेरो मनको श्वास घरमा अड्किएको सकस
आजसम्म निस्कन सकेको छैन । मेरो भागका लागि भनेर तिम्रो मनको भण्डारभित्र माफीको
केही ग्राम मात्रै बाँकी छ भने पाउँ ।’
लामो समय उसको जवाफ आएन ।
अर्को दिन इन्बक्समा उसको म्यासेज थियो–‘इमेल खालेर पढ्नु ।’
०००
उसको इमेल खोलिवरी पढ्न बसेको छु म ।
चिर निद्रामा सुतेको घण्टाघरलाई फन्को
लाएर रिक्साले बसपार्क छेऊ ल्याएर छाडिदियो । बसपार्कबाट काठमाडौंको बस समात्दा
विरगन्जको भुई सूर्यको तापले भुङग्रोजस्तै रापिलो बनाएको थियो । मानिसहरू शरीरभरि
गच्छे अनुसारको मूल फुटाईरहेका थिए पसिनाको ।
बसमा उक्लिएँ, आरनमा भर्खरै अर्चापेर राखेको फलामजस्तै तातो थियो ।
तराईको उग्र गर्मीमा तातेको बसमा डामिदैं
डामिदैं आएँ मनभरि उठेका तरंगहरुले पखालिएर काठमाडौं ।
आइए पास भएपछि त्यत्तिकै बसेको थिएँ
बीरगन्जको घरैमा ।
त्यत्तिकै पनि के भन्नु आमाको साथी बनेको
थिए बोल्ने र सुन्ने ।
आमाको बुढ्यौली लागेपछि जन्मिएकी छोरी ।
हजूरआमा र नातिनीजस्तै । बाटो हिँड्दा पनि त्यसै भन्थे नचिनेकाहरू ।
म
बोलेपछि बोलेको बोल्यै, आमा सुनेपछि सुनेको
सुन्यै ।
एकदिन आमाले सुनाउनुभयो–‘रेडियोमा जागिर मिलाईदिएकी छे रे दिदीले । पढ्दै जागिर गर्दै गर्न हुन्छ
। उता सहर पनि ठूलो छ । ठूलो ठाउँमा गएपछि बाटो पनि ठूलो हिँड्न पाइन्छ । ठूलो
बाटो हिँड्दा जिन्दगी पनि ठूलै खेलोमा उक्लिन सक्छ । दाईदिदीहरु उतै छन् ।’
आमा आदेश निर्देश गर्ने शैलीमा
बोल्नुहुन्न । मन लागे मान, नलागे नमान
भनेजस्तो गरि । सबैसँग । उहाँ बोल्नुहुन्छ, तर लाग्छ उहाँ
भजनका श्लोकहरु फलाकिरहनुभएको छ ।
सैतिस वर्ष फरककी छोरीलाई उहाँले मायाले
भन्नुभयो होला–‘जाउ र हिँडिहेर उतैको बाटो ।’ म माथिका दाई दिदीहरु सबैले विहे गरिसके । आ–आफ्नो जीवन ब्यवस्थापनमा अल्झिएर सबै तितरवितर भए घरबाट । आफ्नो साथे
बनेर घरैमा बसेकी छोरीलाई जा आफ्नै जिन्दगीको स–सानो गल्ली भएपनि बनाई
हेर भनेर भनिसकेपछि उहाँको मनको घण्ट कतिचोटी बज्यो होला घण्टाघरको समेत साटोमा ।
काठमाडौं आएँ । सिनामगंलमा दिदीको घरमा
बसेँ । घट्टेकुलोको एउटा रेडियोमा जागिर पाएँ । भिनाजू सरकारी हाकिम । दिदी
आईएनजिओको हर्ताकर्ता । सरकारी स्वामित्व समेत भएको रेडियोको जागिर दिलाउनु
उहाँहरुको लागि कुनै पहाड खोस्रने काम थिएन । दिउँसो जागिर । त्यो पनि अपरान्ह पछि
चार घण्टा । बाँकी समय खाली नै रह्यो । स्नातकमा भर्ना भए प्रर्दशनीमार्गमा रहेको
मानविकी क्याम्पसमा ।
क्याम्पसमा पनि बोलिरहनुपर्ने ।
क्यान्टिनमा बसेर गफ थाल्यो भने साथीहरु
सबैको भाग पनि म एक्लै बोल्थें ।
०००
म सानोमा कम बोल्ने र संकोची स्वभावकी
थिएँ । आफैमा मस्त रहन्थे ।
‘बुवाको कार्बनकापी,
जस्तै स्वभाव लिएर जन्मेकी’– सबै यस्तै भन्थे
मलाई देखेर, भेटेर । एकछिन आमालाई छोड्थिन । ‘आमाको पुच्छर’– सबैले गिज्याउंथे–‘यसले बिहे गरेर जाँदा आमालाई पनि दाईजोमा लैजान्छे ।’
घरको माहौल धार्मिक थियो, सधै केही न केही पूजापाठ भईरहन्थ्यो । चोखोनितो गर्ने वातावरणमा
हुर्केकीले आमा जस्तै थिएँ यो मामिलामा ।
आमा भन्नुहुन्छ–जन्मदा मेरा दुईटै खुट्टा चल्थेनन् । म घर्सेर हिँड्थे । उहाँकै स्याहार
र उपचारले निको भएँ र साढे तीनवर्षमा ताती गर्न थाले ।
बुवालाई दुईपल्ट पक्षघात भईसकेको र त्यस
पछि जन्मेकोले सबैलाई म निको हुन्छु भन्नेमा शंका थियो ।
आमाबुवाको बेमेल विवाह थियो । आमा भन्दा
बुवा एकाइस वर्ष जेठो हुनुहुन्थ्यो । बुवाको पहिलो पत्नीको मृत्यु भएपछि आमासँग
दोस्रो विहा गरिएको रहेछ । आमा एघार वषको हुँदा बत्तिस वर्षका मेरा बुबासँग विहे
भएको रहेछ ।
सात वर्षकी हुँदा फेरि टाईफाईडले थलिएँ ।
टाईफाईड बिग्रेकोले मेरो कानको सुन्ने शक्तिमा प्रभाव पर्यो ।
त्यसपछिका धेरैवर्षसम्म कानको उपचारको
लागि काठमाण्डौंदेखि भारतका देशीविदेशी डाक्टरको शरण लिनुपर्यो । सबै डाक्टरहरु
मेरो कान एकदम कमजोर छ भन्थे तर मैले सुनेको र पढेको देख्दा अचम्म मान्थे ।
सत्र वर्षको उमेरमा कलेज पढ्दै गर्दा फेरि
बिरामी परँे । टाईफाईडले घाँटी बाँङियो । दुई महिनासम्म ओछ्यान परेपछि बल्ल अलि
निको भएँ ।
त्यसको केही महिनामै फेरि जण्डिसले समायोे
। जण्डिस भएर निको भएको केही महिनापछि फेरि क्षयरोगले समायो । यसरी म रोगको स्थायी
घरमा परिणत भएँ । त्यसले डाक्टर र परिवारका सबैलाई चिन्तित बनायो । लगातार दुई
वर्षसम्म बिरामी परेँ । अरु केटीहरुले सपना देख्ने, हाँस्ने, खेल्ने र रमाउने
उमेरमा म ओछ्यान परेँ ।
तर पनि मेरो जीवन टुंगिएन । भोग्नु रहेछ
जीवनका यो विधि पीडाकष्ट । किन निख्रन्थ्यो र सजिलै । त्यसैले बाचेँ ।
०००
सानोमा मेला हेर्न खुब मन लाग्थ्यो ।
वीरगन्जमा दशैंमा लाग्ने मेलाको छुट्टै रौनक थियो । माईस्थान मन्दिरमा अष्टमीमा
भव्य मेला लाग्थ्यो । सप्तमीकै राति भगवतीलाई खोंर्इँच भर्न (देवीको नौ वटा पीठलाई
आव्हान गर्दै नौ ठाउँमा पानको पातमा राखेर पुरी, हलुवा, लड्डु, केरा, काँचो केराउ र
सिन्दुर राखेर चढाउने) आमा खोईँचको तयारी गर्नुहुन्थ्यो । हामी राति एक बजे नै
मन्दिर पुग्थ्यौं र बिहान घर फर्केर सुत्थ्यौं ।
दशैंमा अर्को रमाईलो मेला नगवाको
बौद्धीमाईमा नवमीको दिनमा लाग्थ्यो । त्यो बेला नगवा गाउँ नै थियो । पोखरीको डिलमा
देवीको मन्दिर थियो । त्यो बेलाको त्यहाँको स्वरुप सिनेमामा देखाईने गाउँले
मेलाकोझैं थियो । आमा माईजुहरु खोईंच भर्नुहुन्थ्यो । हामी केटाकेटीहरु चाँही
आफूलाई मन लागेको चिज किन्थ्यौं ।
त्यो मेलाको आकर्षण केटाकेटीले खेल्ने
माँटाका लोभलाग्दा भाँडाहरु हुन्थे । भाँडा र बेलुन किनेर हामी रमाउंदै घर
फर्किन्थ्यौं । बौद्धीमाई जाँदा आमा हामीलाई पहिले नै सतर्क गर्नुहुन्थ्यो । किनकि
त्यहाँ अघोरीहरु बस्दथे ।
आमाहरू हामीलाई तर्साउनुहुन्थ्यो–‘अघारीहरू मान्छेको मासु खान्छन् ।’ कालो शरीरभरि खरानी
घसेर राता राता आँखा पल्टाउंदै चिलिम लिईरहेका उनीहरु मन्दिर वरिपरि घुमिरहँदा डर
लाग्थ्यो ।
घरबाट सबैभन्दा नजिक अलखिया मन्दिर
पथ्र्याे । शिवरात्री, तीज र साउने सोमबार
अलखिया मन्दिर जाने गर्दथ्यौ आमासँग । जटा पालेका नागाँ सन्यासीहरु जीउभरि खरानी
घसेर चिलिम तानिरहेको देख्दा अचम्म लाग्थ्यो ।
सबैभन्दा बढी उनीहरुको राताराता आँखा
देख्दा डर लाग्थ्यो ।
तीजको दिन बिहान बुवा बित्नुभयो ।
सबै महिलाले आफ्नो अखण्ड सौभाग्यको कामना
गर्दै ब्रत लिईरहँदा मेरो आमाको जीवन रंगहीन भएको थियो ।
मेरो भरोसाको खाँवो गर्लम्म ढलेको थियो ।
तीजको दिन भएकाले आफन्त र छिमेकीहरु सबै रातो, हरियो लुगा,
चुरामा सजिएर आमालाई सान्त्वना दिनआएका थिए ।
सान्त्वना दिनभन्दा आमालाई जिस्काउन आएका
हुन् कि जस्तो लाग्यो ।
बुवा बितेपछि हामीकहाँ कहिल्यै तीज आएन ।
बुवाले साँझमा हात समातेर घुमाउन लगेको,
कपाल कटाएर मलाई रातो लाईफब्वाय साबुनले परको हातेकलमा दलिदलि नुहाईदिएको
अहिले पनि याद छ ।
त्योबेला कसैको घरमा ट्युवेल थिएन । नजिकै
रहेको थारू छात्राबासमा मात्रै थियो ।
जहाँ सबैले आफ्नो विहानको नित्य काम
भ्याएर घरमा पानी भरेर ल्याउँथे । थारू छात्रावासमा बस्ने विधार्थी हामीलाई
जिस्काउँथे ।
माईली दिदी धेरै राम्री भएकीले सबै उमाथि
आँखा लगाउँथे र जिस्काउँथे । म सानैदेखि अली अटेरी र निडर भएकोले तिनीहरूसँग झगडा
गर्थे ।
दिदी डरपोक थिईन् म चाँही छुच्ची ।
पछि काठमाडौं आएपछि थाहा पाएँ म पो रहेछु
डरपोक । माइली दिदी डरपोक भएपनि जेठी दिदी त छुच्ची मात्रै होइन निकै क्रुर र
अपराधीको जस्तो मनोवृतिलाई पालेर बाँचिरहेकी रहिछन् ।
०००
दिदी घरमा भन्दा बाहिरै ब्यस्त रहने ।
देशमा भन्दा विदेशमा बढी । शुरूको वर्ष ठीकठाकै थियो । तर दोस्रो बर्षबाटै
काठमाडौंको बसाई कष्टप्रद हुन थाल्यो । दिदी घरमा नहुने । भिनाजु फेरि फेरि केटी
घुमाउने । रक्सी धेरै पिउन पर्ने । रक्सी पिएपछि फेरि फेरि महिला भोग्नुपर्ने ।
घरमा काम गर्न राखिएकी एकजना महिला थिइन
लोग्नेले छाडेकी । तिनको सानो बच्चा थियो । तिनले घरको काम मात्रै गरेर धर पाइनन्
।
लोग्नेको अपमान र यातनाका कारण लोग्ने
त्यागेर बसेकी उनी मेरा भिनाजुको निरन्तर शोषणमा परिन् ।
तर पनि खै किन हो तिनले प्रतिवाद गर्न
सकिनन् । एकदिन देख्नै नहुने अवस्थामा दिदीले देखे पछि तिनी निकालिइन् र भित्रिइन्
अर्की विधवा ।
मानिस फेरेर समस्या समाधान कसरी हुन्थ्यो
र ? फेर्नु पर्ने थियो बानी, ब्यवहार, चरित्र भिनाजुको ।
तर, फेरिएका थिए घरकी नोकर्नी । ती बाल विधवा
थिइन् लोग्ने भनेको के हो भन्ने नै नबुझ्दै सिउँदो पुछिएकी । देहसुख को रंगीन
उत्कर्ष के हो भन्ने अनुभुत नहुँदै सेता लुगाले खुशी छोपिएकी । तर तिनको मनको
एकतारे मेरा भिनाजले भाँचिदिए । सेता लुगाले छोपेको शरीर तिनले उस्तै स्निग्ध
राख्न पाइनन् । एउटा शनिवार दिउँसै रूवाई र चिच्याहटलाई सिरकले छोपेर ती विधवाको
सफेद जीवनलाई हिलाम्य बनाईदिए उनले ।
त्यसपछि निरन्तर निरन्तर तिनी त्यसैगरि
लुटिईरहिन् तर घर छाड्न सकिनन् जीवनको बोझ अड्याउने चौतारो नभेटेर ।
घरमा काम गर्न राखिएका विधवा र लोग्नेबाट
छुटेका महिलाले आफूलाई जोगाउनै सकेनन् उनीबाट । अरूको पालो पुगेपछि म मात्रै
कतिदिन बच्न सक्थे र उनको पिपासु रहरबाट ?
त्यहाँ त काल पर्खेर बसेको जसरी मेरो
जीवनको सर्वस्व लुट्ने मौका पर्खेर बसेका रहेछन् मेरै आफन्त ।
म सुन्थे, पढ्थे घरेलु हिंसा, यौन हिंसाका बारे ।
तर भोग्नु रहेछ आफैले ।
त्यसैका लागि बोलाइएको रहेछ विरगन्जदेखि
मलाई । एउटा बेलुका रक्सी खाएर आएपछि उनले मलाई च्याप्पै समाए ।
सिधै संवेदनशील अगंमा हात पुर्याए ।
म कराउन, चिच्याउन थाले ।
कराएपछि अलि सम्हालिएजस्तो गरेर मबाट अलग
भए । त्यही बेला उनलाई हुत्याएर दौडदैं कोठामा पसेर चुकुल लगाएँ ।
उसले फेरि ढोका ढक्ढक्यायो । ढकढक गर्दै
बेस्सरी उफ्रिएका मुटुलाई हत्केलाले थिच्दै आमालाई सम्झिएँ । किन राखेकी होलिन्
उनले मेरो नाम विशाखा ?
आफ्नै नाम भत्भती पोल्यो मनै डढाउनेगरि ।
आमाले चिच्याई चिच्याई कराईरहेझैं लाग्यो–‘भो नानी नबाँच्
यस्तो जिन्दगी, बरु बिश खा ।’ कोठाको चारैतिर हेरें कहीँ छैन विषको बोत्तल ।
सलले पासो लगाएर मर्छु भनेर उठें ।
घाँटीमा कसेँ र सिलिङ्गमा गाडेको हुकमा
छिराएँ । मानिसलाई मर्न डर लाग्छ ?
बाँच्न बहाना खोज्छ ।
हो कि ।
आँखा अगाडि फेरि पनि आमा नै उभिइन् ।
बलिन्द्र धारा आँसु झार्दै मेरो लासलाई अँगालो हाल्दै छाति पिटि पिटि राईरहेकी
आमाको आकृति फिल्मको दृश्यझैं मनको कल्पनामा आयो ।
तर्सिएँ ।
आमाको साह्रै माया लाग्यो । घाँटीबाट सलको
पासो फुकाएँ ।
शरीरबाट खल्खली पसिना चुहिईरहेको थियो र
आँखाबाट मुल फुटेझैं आँशु । त्यही रात आकासबाट जमिनै बगाउलाजस्तो गरि पानी पर्यो ।
कोठामा रातभर बाहिर दर्किएको पानीभन्दा बढी मेरो मन दर्किईरह्यो ।
०००
म सानैदेखि साकाहारी हुँ । माछामासु छुँदै
छुन्न । भिनाजू मासु, रक्सी खान्थे र
त्यो भाँडा मलाई सफा गर्न लगाउँथे । नुवाउन बाथरूम पसेको हुन्थेँ तर उनी पानी नै
बन्द गरिदिन्थे । मध्यरातमा म सुतेको कोठा ढक्ढक्याउँथे । आमा
काठमाडौं आएको दिन पनि उनले त्यसै गरे ।
आमा आत्तिनु भयो । राति नै दिदीको घर छाडें ।
काठमाडौं छाडें । काठमाडौं सँगै पढाई पनि
छाडियो । क्याम्पसमा भेटिएका साथीहरु छुटे ।
साथीहरूको समूहमा रहेर मलाई प्रेमको
निम्तो दिँदै पत्र लेख्ने स्वप्नधारी मित्र पनि छुट्यो ।
उसको पत्रको जवाफै दिन पाइन । मनले एकसाथ
हजार पत्र लेख्यो मनमै र र्धधरी च्यातिए ती पानाहरु मनकै चुलेसीमा रेटिएर ।
तेस्रो वर्षको जाँच दिन गएको थिएँ तर
भेटिन पत्र लेखेर मेरो मनमा सपनाको डाली रोप्न खोज्ने स्वप्नधारीलाई । उसलाई
भेटिएला कि कतै भनेर कुर्दाकुर्दै अब त जीवन कुराईको यो घाट छाडेर अन्त जाने
नसक्ने गरि कुँजिएको छ ।
आमा भन्नुहुन्थ्यो, रातीको घटनाबारे पछि दिदीसँग कुरा गर्दा दिदीले उल्टै मलाई गाली गरिछन् ।
विशाखा पागल भएकी छे, उपचार गराउनु पर्छ
भनिछन् । त्यसपछि आजसम्म न दिदी न भिनाजु कसैसँग पनि मेरो दोहोरो बोलचाल छैन ।
आमासँग पनि बोल्दिनन् उनी । केही वर्ष त
भयो ति मेरा भिनाजु भ्रष्टाचार गर्दागर्दै सरकारी छड्के टालीले रंगेहात पक्राउ
गरेपछि निलम्बन भए ।
हिजोआज पाटन र राँचीका अस्पतालमा मानसिक
रोगको उपचारमा धाईरहेका छन् । मेरो आँशुको हिसाबको पाना खुल्दैछ विस्तारै उनको
बुढ्यौलीमा ।
म १६ वर्षको हुँदा आमा र म काठमाडौ गएका
थियौं । केही दिन बसेपछि आमा मलाई दिदीकोमा छाडेर फर्किनुभयो । बस्न त मलाई पनि
पटक्कै मन थिएन तर दिदीको छोराको हात भाँचिएकोले बस्नुपर्यो । एकदिन शनिबारको बिदा
थियो, म दिदीको छोरीसँग खेल्दैथिएं । दिदी र
उनका लोग्ने पनि नजिकै बसेर गफ गर्दै थिए । एक्कासी भिनाजुले मेरो अगाडिको भर्खर
विकसित हुदैं गरेको छाती च्याप्प समाए ।
दिदी हाँसीरहिन् केही भनिनन् । म लाजले
रातोपिरो हुर्दैं त्यहाँबाट हँटे ।
उतिबेला उति धेरै बुझिन पनि मैले, किन त्यसो गरे भिनाजुले ?
०००
प्रल्हाद त थियो जसले दिन्थ्यो तिम्रो खवर
। खवर पनि के भन्नु ? उहिल्यै पशुपति
गएको थिएँ आमालाई लिएर । भेटियो ऊ । भन्थ्यो प्रतीक त लडाईमा हिँड्यो ।
त्यसपछि त जव रेडियो फुक्थ्यो–‘दोहोरो भीडन्तमा आतंककारीको मृत्यु ।’ तिम्रो नाम पनि
फुक्छ कि भनेर मेरो मनमा एकैसाथ बाह्र घण्टी बजाउँथ्यो घण्टाघरको साँटो ।
विरगन्जकै मेरी साथी जो कलेज पढ्दा तिम्रो
पनि साथी थियो उसले भनि संकटकालको एकदिन–‘प्रतीकलाई अलखिया
मोडमा देखेको थिएँ ।’
शायद तिमी कुनै फौजी मिशनमा आएका थियौ ।
अरूले देख्थे तर त्यसरी देख्नेमा म पर्थिन । बन्दुक बोकेर लडाईमा हिँडेको दिन
तिम्रो मनमा मायाको गुलाफ पनि सँगसँगै फुलिरहेको थियो होलाझैं ठान्थे मेरो नाममा ।
तर त्यो गुलाफलाई मैले देख्नै पाइन । तिमीले सिउरिनै पाएनौं ।
शायद ओइलायो कतै ।
फेसबुकको चलन आएको धेरैपछि म यो हुलमा
मिसिन आएँ ।
एकदिन प्रल्हादले रिक्वेष्ट पठायो ।
स्वीकारेँ । वर्षौपछि ऊ फेरि साथीको रूपमा जोडियो । एउटा अनलाईनमा तिम्रै नाम र
फोटो सहित छापिएको कथा पढें ।
मैले निक्र्यौल गर्न सकिन । उसैले दियो
तिम्रो फेसबुकको लिङ्क । खोलेर हेरें । देखें तिम्री पत्नी र छोराछोरीसँगै बसेको
तिम्रो फोटो ।
ए तिमीले त लडाईमै मनमा नयाँ गुलाफ
फुलाएका रहेछौ ।
कस्तो भयो होला है बन्दुक पड्काउँदै
हिँड्दा मनमा मायाको रंगीचङी पे्रमिल इन्द्रेणी सजाउँदा ? लडाईमै विहे गर्यौ कि लडाईको खाल रोकिएपछि ? जे होस् गरेछौ खुशी लाग्यो ।
बाँचेको थिएँ र हेर्न पाएँ तिम्रो खुशी ।
तिमी पनि बाँच्यौ र देखायौ आफ्नो खुशी ।
शायद आजसम्म पनि रिसाएका हौला है पत्रको जवाफ नदिएकोमा ।
यतिपछि आज लेख्दैछु तिमीलाई तर, ढिलो भएको छ । लेख्नुको कुनै अर्थ छैन ।
यसले तिमीलाई मेराबारे परेका भ्रमहरु
चिर्न सक्यो भने यसको ठूलो अर्थ हुनेछ ।
०००
म आफैसँग एक्लै बोलेछु–‘विशाखा तिम्रो जीवनलाई वर्वाद पार्ने त्यो नरपिचासलाई म बाँकी राख्दिन ।’
अर्कोदिन च्याटमा उसले भनि–‘त्यो त हिजो विहानै झुण्डिएर मर्यो ।’
सेतो पाटि डिजिटल पत्रिका http://setopati.com/samaj/4303/ बाट साभार !