फेरी संविधान नबनाउनेलाई फाँसी दीईयोस !
| (गजलकार: बिनिता कार्की बिरही) |
जबसम्म सहिदहरुको सम्मान हुँदैन
तबसम्म कोहि सपुत र महान हुँदैन
आजित भएँ म यो दुनियालाई सम्झाएर
कि निर्जिव पत्थरमा भगवान हुँदैन
अपराधिका बच्चाको तस्विर हेरि अखबारमा
म सोच्छु माउको किन पहिचान हुँदैन ?
सधैँ मिलेर परिश्रम गर्छन ति कमिलाहरु
जसको दुनियामा लिखित विधान हुँदैन
फेरी संविधान नबनाउनेलाई फाँसी दीईयोस
नत्र 'बिरही' बाट कसैलाई मतदान हुँदैन ।।
बिनिता कार्की बिरही
बारा, नेपाल
२०६९-०२-३१