यो ठाउँ बिज्ञापनको लागी खालि छ

कोलकातामा नेपाली साहित्य सम्मेलन

कोलकातामा नेपाली साहित्य सम्मेलन हुँदै

नेपाली साहित्य सम्मेलनको दोस्रो शृङ्खला सहभागी हुन नेपालका १४ साहित्यकर्मीहरू भारत प्रस्थान
गर्दैछन् । यो सम्मेलन भारतको कोलकातामा चैत्र २८ र २९ मा सम्पन्न हुँदै छ । भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकताले हरेक दुई वर्षमा यस्तो सम्मेलन गर्दै आइरहेको छ ।  

मञ्चका अध्यक्ष नारायण प्रसाद हुँमागाईँका अनुसार सम्मेलनमा नेपाल भारतबाट फरक फरक विषयमा दुईवटा कार्यपत्र प्रस्तुत हुनेछन् भने तीनवटा प्याल डिस्कसनहरू चल्नेछन् । त्यसैगरी, नेपाल तथा भारताका ३७ कविहरूले नेपाली बङ्गाली, हिन्दी, मैथिली तथा अङ्ग्रजी भाषामा कविताहरू वाचन गर्नेछन् ।
नेपालका तर्फबाट निबन्धकार शेखर खरेलले 'नेपाली साहित्यको शैली तथा अन्तरराष्ट्रियकरणका चुनौति' विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी भारतका तर्फबाट प्रा डा दिवाकर प्रधानको कार्यपत्र 'दक्षिण एसियाली साहित्य मे नवजागरण' हुनेछ ।
नेपालका साहित्यकर्मीहरू दिनेश अधिकारी, विमल निभा, नारायण ढाकाल, नयनराज पाण्डे, विप्लव ढकाल, मनु मञ्जिल र सरस्वती प्रतीक्षाले बिभिन्न कार्यपत्रहरू माथि टिप्पणीकर्ता तथा प्यानलिस्टको भूमिका निभाउने छन् । रेडियोकर्मी राम अविकास र कवि स्वप्निल स्मृतिले एक-एकवटा कार्यक्रमको मोडरेशन गर्नेछन् ।
साहित्य सम्मेलनको उद्घाटन भारतका लागि नेपाली राजदुत, प्रज्ञा प्रतिस्थानका कुलपती गंगाप्रसाद उप्रेती र भारतीय कवि तथा कथाकार मानबेन्द्र बान्द्योपाध्याय गरी तीनजनाबाट संयुक्त रुपमा हुनेछ ।
सम्मेलनमा नपाली भाषी साहित्यकार लील बहादुर क्षेत्री, बङ्गाली भाषी साहित्यकार जय गोश्वामी र हिन्दी भाषी साहित्यकार सुविमल वसाकलाई सम्मानित गर्ने जानकारी कोलकाताका लागि नेपालका महा वाणिज्यदूत तथा कवि चन्द्र घिमिरेले दिएका छन् ।
सम्मेलनमा नेपाली पर्यटन प्रवर्धन सम्बन्धी दुईवटा बृतचित्र र एउटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।
विस्तृत विवरण फोटोमा हेर्नुहोस् ---


   



Theme images by i-bob. Powered by Blogger.