यो ठाउँ बिज्ञापनको लागी खालि छ

“वंशलोचन” विमोचित

कवि समाश्रीको कविता सङ्ग्रह “वंशलोचन” नेपाली काव्यिक आन्दोलनका अग्रज हस्ती कवि तुलसी दिवसले सार्वजनिक गर्नुभयो । आवरण डट कमले आयोजना गरेको सार्वजनिकीकरण समारोहमा कवितामाथि ललितजङ रावल, गीता त्रिपाठी, श्रवण मुकारुङले पनि समीक्षात्मक भनाइ राख्नुभएको थियो । ‘अवरण डट कम’का अध्यक्ष तथा कवि रमेश पौडेलको अध्यक्षतामा सम्पन्न सार्वजनिक समारोहमा कवि तथा समालोचक गीता त्रिपाठीले नारी साहित्यकारलाई हेर्ने पुरानो चस्मा खोल्नु पर्ने भएको छ भन्नुभयो भने समकालीन डन कवि श्रवण मुकारुङले अहिलेका पाठकले कवितामा आफूलाई खोज्न थालेका छन्, पढ्दै जाँदा कवितामा आफूलाई पाए भने उनले कवितालाई राम्रो भन्छन् अन्यथा भन्दैनन् भन्नुभयो । वरिष्ठ कवि तुलसी दिवसले नेपाली काव्य साहित्यको इतिहास पुनः लेखिनु पर्छ भन्दै कवितालाई कसैको निर्दशनको आवश्यकता हुँदैन भने । कविता जहिले पनि नयाँ नै हुनुपर्छ, वासी हुनु हुँदैन भन्दै कविताको बजार छैन, यो अनुत्पादक हो भन्नेलाई ललकार्दै मान्छे म¥यो भने मात्र कविता मर्छ भने । उहाँले कवितासङ्ग्रहभित्रको ‘सीता उवाच’ शीर्षकको कविता वाचन समेत गर्नुभयो । काठमाडौंको चावहिलमा घर भई हाल इजरायलमा रहनु भएकी कवि समा श्रीको यो पहिलो कृति हो । पहिलो कृति भएता पनि यस सङ्ग्रहमा असाध्यै सुन्दर कलात्मक कविताहरू रहेका छन् । जम्मा ४६ वटा कविताहरूको संगालोको रूपमा सार्वजनिक यस कविताकृतिको प्रकाशन सञ्जय राउतले गरेका हुन् ।
Theme images by i-bob. Powered by Blogger.