यो ठाउँ बिज्ञापनको लागी खालि छ

नाटक

आज नेपाल बन्द हो?

- तुल्सी थापा
अजयपराजय पुरानै कुनै एक स्थानमा टाक्राकटुक्रुक्क बसेका देखिन्छन् ।
अजय त्यो आकृति आइदिए हुन्थ्यो ।
पराजय किन ?
अजय नाटकको कुरा गर्न । नाटकमा देश दिन्छु भन्थ्यो ।
पराजय नाटक त हेर्दै छस् नि, हैन र ?
अजय खै, नाटक हो कि, नाटकको तयारी हो ।
पराजय दुवै एउटै हो । देश बुझ्नु मुख्य कुरा हो ।
अजय साँच्चै मीनाले अघि रम्भालाई किन झम्टेकी हँ ?
पराजय त्यति पनि बुझ्दैनस् । तेरी कुनै प्रेयसी छे ? (अजय बोल्दैन) तेरी प्रेयसी छे भने तेरो जीवनमा अर्की स्त्री आएकी तेरी प्रेयसीलाई सह्य हुँदैन । कुरा यही हुनुपर्छ ।
अजय विजय चाँडै आइदिए हुन्थ्यो ।
पराजय कसका लागि ? तेरा लागि ?
अजय त्यो महारानी कलाकार मीनाका लागि, त्यस नाटकका लागि । म पनि उसलाई हेर्न उत्सुक छु । तसर्थ मेरा लागि पनि ।
पराजय साँच्चै त्यो अमरसिंह कलाकार अझ किन आइपुगेन ?
अजय आज नेपाल बन्द हो ?
पराजय हैन ।
अजय कतै एम्बुसमा त परेनन् ?
पराजय कुनै न कुनै एम्बुसमा त हामी पर्दै आएका छौँ, हैन र ?
अजय कसरी ?
पराजय अब त देश सिङ्गो एम्बुसजस्तो लाग्छ ।
अजय धेरै भावुक नबन ।
पराजय त्यो वंशी, क्या गजबले बिगुल फुक्दो रहेछ ।
अजय तैपनि विजय आएन ।
पराजय एकछिन अघि त्यो आकृति आइदिए हुन्थ्यो भनेको थिइस् ।
ध्वनी म हाजिर छु (आकृति अकस्मात् उभिन्छ।) तिमीहरू नाट्शालमा गएनौं ?
अजय गयौँ । तर त्यहाँ विजय भन्ने कलाकार अझै आइपुगेको छैन । हामी गएर मात्र के फायदा ?
आकृति तिमीहरू खोज्न गएका हैनौ र ?
पराजय हो , तर भेटिएन ।
आकृति भेटिन्छ । अवश्य भेटिन्छ ।
अजय कहाँ ?
आकृति नाटकमा
पराजय कस्तो सस्पेन्स ?
आकृति नबुझेसम्म हरेक कुरा सस्पेन्स नै हुन्छ । नाटक हेर । सस्पेन्स हट्नेछ ।
अजय÷पराजय (दुबै) हामी नाटककै प्रतीक्षामा छौँ ।
अब जान्छौँ पनि ।

('अमरसिंहको खोजीमा अमरसिंह नाटक' पृष्ठ - ४२ र ४३ बाट)
Theme images by i-bob. Powered by Blogger.