मिस्मासे पार्टीका मिस्मासे चरित्र !
![]() |
| (बिकास खबर पत्रिका मा प्रकाशित ) |
जसरि मैले पकाको तिउन मिसमास छ त्यस्तै गरि नेपालमा पनि बिभिन्न धर्म र जातजाति मिसमास छ भने राजनीतिक पार्टी पनि त्यस्तै मिसमास छ ! अहिले भर्खरै चुनाव सम्पन्न भो र यो चुनाउ भनेको संबिधान बनाम्न भनेर जनताले प्रतिनिधि चुनेर पठाको हो तर के को संबिधान बनाउन सुर गर्थे अहिले देखिने सुरु भो रडाको बाल्वाटार देखी शिंहदर्बारा को बस्ने भनेर !
यी राज्च्च्नितिक पार्टीका नेताहरुको कत्तिको हुत्ति र खुबिच्च भन्ने कुरो अघिल्लो पटक नै देखि सकेकोच्च ! जनताले संबिधान बनाउ भनेर जिताएर पठाएको के को सम्बिधान बनाउथे ! कुकुर र बिराला जस्तरी झगडा गरेर ब्यरथा ४ बर्ष खेर फाले ! हामि असक्षम भनेर हात उठाए र बहालवाला तथा भू.पु.कर्मचारीलाई सत्ता सुम्पे ! तिनै कर्मचारीको फौजले तोकेको मितियाँ चुनौ पनि गरेर देखाई दिए !
बरा हामि जनता जनता कति सम्म सिधा र सोझो छम भने यो नभए त्यो त्यो नभए यो भन्दै २४ बर्ष देखि नेपालको जनताको टाउका गिर(भकुण्डो) खेल्ने यिनै राता, निला, हरिया र पहेला अनि मिसमास रंग भाको पार्टीलाई जिताम्दै पठाको छम तर यी राता, निला, हरिया र पहेला अनि मिसमास रंग भाको फौजले देसको ढुकुटीचैँ आफुलाई मात्रै हैन साली पट्टिका सात पुस्ता र भिनाज्यु पट्टिका नौ पुस्ता सम्मलाइ पुग्ने गरि हसुरे !
बिकास भनेको कागजा मात्र सिमित भो ! अब चैँ केहि गर्लाकि भनेको के गर्थे चुनाउ सम्पन्न भाको आज यत्तिका दिन बितिसक्यो तर अहिले सम्म समानुपातिककै अंकगणितमा अड्केर बसेकाच्चन ! नअडकीउन पनि कसरि पार्टीमा दिन रात अहोरात्र मिहिनेत गर्ने लाइ गणेस थापा किक स्टाइला गोल आउट गरेकाच्चन ! तस्करी, ठेकदार, भ्रस्टाचारि देखि समाजका बिभिन्न रुपका धमिराट ब्रिफकेस बुझिलियेकाच्चन !
यिनै रडाकोले कोहि अत्तो थाप्ने देखि कोहि बल्च्चि थाप्ने र कोहि च्याँखे थापी बसेकाच्चन ! समानुपातिकको नाउँमा चुनाउ हार्ने हरुवा देखि धर्म र जातिको खेति गर्ने जातीय खेतीवाल, निर्माण ब्यबसायीको काम गर्ने ठेकेदार, सामान निकासी पैठारी गर्ने खरिददार, घ्यु देखि तेल बेच्ने बेपारी साहु देखि गुण्डाको नाइके सम्म संबिधान सभामा पसे पछी त्यस्ताले बनाउने संबिधान कस्तो होला ?
के जनताको काम चुनाउमा भोट हाल्ने मात्रै हो ? खबरदारी गर्न पर्दैन ? यी क्वाँटी जस्ता मिस्मासेहरु लाइ बेलैमा सचेत गराएन भने यो पाला पनि तोकिएको मितिमा संबिधान बन्दैन त्यसैले गोर्खाली बीर हो होसको दवाई खाम है बेलैमा !
बिकास खबर पत्रिका दामन,मकवानपुरको मिति २०७० पौष १ गतेको अंकमा प्रकाशित !
