आफ्नो मतको सहि सदुपयोग गरौ !
- जनकमानडंगोल, janakdangol@gmail.com
'रुख' को डेमोक्रेसीमा उदारबाद थपेर 'गाइ' पार्टी हिडेको छ भने 'घाम'को नारा लिएर भर्खर जन्म्या भुरा पार्टी 'ध्वजा' अखण्ड अखण्ड भन्दै कुर्लेको छ ! अहिले गाम्घरा यी दुइ बाहेक अरु कुनै माइकालालको संगठन बलियो छैन भनेर जनता भन्दैछन ! कुरा सहि पनि हो !
चित्रेबाको रास्ट्रीयता र मादलेबा को अडान पनि देखे जनताले ! १२ बुदेमा ल्याउचे ति दुइ जना महारथीले पनि धस्काका थिए ! अहिले आएर झुक्क्यायो भनेर जनतालाई उल्लु बनाम्न पाउछ र ?
बन्दुके पार्टीको झन के कुरा गराई भो डामेर छोडेका साँढे जस्ता भाका छन ! कसैलाई मुन्छी गन्दैनन तिनले ! अझै पनि बेला बेला धम्की दिन छोडेका छैनन !
कति भात रोटि खानु हेर हामि पनि ढेडो खान सक्छम भनेर कुनै कुनै भैया पार्टीहरु सगरमाथा ताक्दैछन ! मदेसको जस्तो समथर ठानेका होलान ! अक्करको भिर चढ्न कति कठिन हुन्छ तिनलाई के थाहा ?
यिनै हुन अबको नेपालको राजनीतिमा प्रत्यक्ष देखिने दलहरु ! पन्च लाइ एकलक्के थपेर पन्चे अनि मण्डल लाइ एकलक्के थपेर मण्डले भनेर हिजो इनिहरु 'पन्चे चोर देस छोड अनि मण्डले मुर्दाबाद भनेर नारा घन्काउथे ! इनका नारामा कोरस गाउनेहरु मुग्लान भासिय ! अब नारा मात्रै लाएर के फाइदा ! खै जिन्दाबाद भन्ने जमाते अनि खै मुर्दाबाद भन्ने जमाते !
चुनाउ हुन्छ ? चुनाउ हुन्न ? अहिले सम्म कुइरोको काग जस्तै भाको छन नेपाली जनता ! तर चुनाउ हुनु पर्छ ! २४ बर्षमा देस लाइ सिंगापुर बनाउछु भन्ने लाइ भोट दिनु हुन्छ कि २०४७ ठिक भन्ने लाइ भोट दिनु हुन्छ त्यो तपाइको मताधिकारमा तपाइको रोजाई र खुसि हुन्छ ! भोट दिनुस र भोट दिनु पनि पर्छ ! पार्टी हैन व्यक्ति हेरेर पनि हैन जो स्वच्छ छविका छन र जसले गाम्घरा सेवा गरेका छन त्यस्तालाई दिनुस ! टुरिस्ट उम्मेदवार लाइ भोट दिनु भनेको भिरमा आँखा चिम्लेर हिड्नु हो ! 'सबैलाई चेतना भया'