यो ठाउँ बिज्ञापनको लागी खालि छ

छउन्जेल भाँडो सकेसी ठाँडो (व्यङ्ग्य) !

जनक मान डंगोल।हेटौडा,कमाने 
जनक मान डङ्गोल


..
ऋषिमुनि देखि सिसिमुनि अल्लाहू देखि जय मसि सम्म बस्ने हाम्रो नेपाला एकथान सुपर डुपर हिट उखान छ जस्लाई ‘काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो’ भनेर भन्ने अर्च्चन ! राजा देखि रंक पण्डित देखि पादरी मुल्ला देखि भिकारी सम्मले यो ‘काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो’ भन्ने जिनिसलाई बडो मया र पिरिमले प्रयोग गर्ने गरेका छन  !

अल्छिका भकारी, छिट्टै धनी हुने सपना बोकेकाहरु पहिला भुरा अप्राध गर्छन ! अप्राध गरेसी देख्ने र जान्नेले बेलैमा गाला चडकाई दिने देखि हनुमान धुलाई गर्नेहो भबिस्यमा धमिराको उत्पति हुन्थेन ! धमिरा भन्ने जिनिस त बडो डेन्जर माथिको नि खत्रा हुन्छन ! बाहिर हेर्दा सग्लो र चिटिक्क देखेर क्यार्नु भित्रभित्र चिलिम च्वांट पार्दीने खुबी बोक्या हुन्छ ! धमिरा देख्ना साथ धुप धुंवार देखि ओखती मुलो गर्ने हो भने धमिराले जिनिस नस्ट गर्नु पाम्दैन !

तर,
राच्चनिती भन्ने कुनिती पनि धमिरे औतार कै एक रुप हो ! मोदीभाई के देसा एउटा सुपरहिट कहावत छ ‘चोर चोर मौसेरा भाई’ भन्ने अर्थात धमिरा धमिरा एकै भुँडीका सन्तान भनेका हुन क्यारे किनभने चोर पनि अप्राधीनै हो भने चोर पनि धमिराकै सन्ताना पर्छ !

गाम्घरा राम्रो काम गर्नेलाई हिजाज नयाँ लोकतन्त्रे नेपाला मुन पराम्दैनन ! ‘सतिले सरापेको देस’ भन्छन ! राम्रो काम गर्यो भने धमिरा लाग्न पाउदैन ! धमिरा नसल्के सम्म पार्टी चम्किन्न ! राच्च्निती पार्टी चम्काउने ‘ब्रासो’ रुपी जिनिस नै धमिरा हो !

धमिराको पनि विभिन्न रुप देखि पद सम्म हुन्च्च ! साना धमिरा चोर, पाकेटमारा बाट क्रमस: बढुवा हुँदै गुण्डा बन्छन ! गुण्डा भन्दा एक तह माथि नाईके भन्ने हुन्छ जस्लाई गोरा र कुईर्या भाखा डन (DON) भन्छन भने डन भन्दा माथि चैँ नेता देखि माहानेता सम्म हुन्छन ! यिनै विभिन्न नामरुपी धमिराको भरमा बिगत २५ बर्ष देखि नेपालको राच्च्निती फस्टाउदै फुल्दैच्च ! धमिराको फौज छ भने अल्कापुरीको राज अर्न पाईन्छ धमिराको फौज छैन भने के को सत्ता के भत्ता ! नपत्याए लोकतन्त्रे पछीको गाई देखि चित्रेबा, मादलेबाको फ़ौज्लाई हेर्नुस !

घडी चरो भन्ने कुखुरो पनि दुई किसिमको हुन्छ ! लोकल र विकासे त्यस्तै नेपाला धमिरा पाल्ने कृषक पनि दुई थरिका छन ! लोकल कृषकले स्थानीय जातका धमिरा पाल्छन भने विकासे कृषकले त्यहि लोकललाई अनेक थरिको युरो, डलर, पाउण्ड जस्ता रसान मिलार बनाको भ्याक्सिन दिएर बिदेसी आदेस मान्ने धमिरा उत्पन्न गर्छन !
लोकल धमिरा भनेका राधे, चरी, कुण्डले, मण्डले देखु झुण्डले सम्मका हुन्छन भने भाक्सिन लार तयार पारेको धमिरा भनेको भटचन, सेर्पा, संग्रौला देखि सिके भन्ने कथित बिद्द्वान देखि गाइने, नाटके हुँदै तारे बेतारे सम्मका खबरिलालहरु पर्छन !

काम लासी ज्याला दिनु पर्छ भनेर सबैलाई मुखारी कण्ठ छ ! ज्याला दिने तरिका पनि उल्का र अचम्मको छ ! गाम्घरको लोकल घडी चरोलाई चारा दिनु पर्दैन ! आफै खोजेर, लुटेर, चोरेर देखि खोसेर सम्म खान्छन भने विकासेलाई चैँ क्रमस: श्रेणी अनुसारको दाना,पानी देखि भ्याक्सिन ओखती सम्म दिनु पर्छ ! जे जसरि जे गरि पालेर हुर्काए बढाए पनि धमिरा भनेको धमिरै हो क्या र !

धमिरा हुर्काउने तरिका चैँ लोकल देखि विकासे सम्मको मिल्न मिल्न खोज्छ ! सर्खारी सिकारीले ग्याँसगन देखि १ नाले दुई नाले गनले भस्म नगरुन भनेर भगवान ईन्द्रले सुतपुत्र कर्णको जीवन रक्षाको लागी कवच देकै स्टाईला राच्च्निती पार्टीको सदस्यरुपी लेपन लाई देसी धमिरे फौजहरलाई कुन माईकालालले छुने ?

तर यति हुँदाहुँदै कहिले काही टिओ मा पर्छन ! गोरा र कुइरेको भाखा T भनेको टार्गेट (target) र O भनेको बाहिर (out) हो ! जब मालिकको आदेसको बर्खिलाप गर्छन जस्लाई बैद्यबाको भाखा ‘बिद्रोह’ भनिन्छ र त्यस्तो बिद्रोहीलाइ टिओ गर्ने चलन छ ! धमिरा हैनन तर पार्टीको टाउकेहरको बिरोध गर्च्चन भने पार्टीबाट एन्फाको टाउके गणेस थापाले गोल हानेको जसरि गोल पोस्ट बाट गोल भन्दै बाहिर हुत्यईन्छ भने धमिरा रैच्चन भने चरी झैँ फरर्र बनाइन्छ ! बुझ्नु भएन चरी फरर्र भनेको ? हाम्रो घाम पार्टीको बास्ना मैयाँ (खुस्बु बली) की परान पियारा क्या !

त्यसैले यी लोकल देखि बिदेसी गोरा देखि काला धमिरा भनेको देसी देखि बिदेसीहरु सम्मको लागी ‘काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो’ हो त्यसैले देस हितको लागी भलाई चाहनु हुन्छ र रास्ट्रको माया र रास्ट्रियता बचाउनु हुन्छ भने कोहि कसैले पनि धमिरा बन्नु र बन्न दिनु हुन्न ! बनेका छन भने मायाले सम्झाउनुस मान्दैनन भने चरी फरर्र गरेनी मुम्बैया भाखा बाल मतलब !
 २०७१श्रावण २६गते सोमबार !

-janakdangol@gmail.com
Theme images by i-bob. Powered by Blogger.